बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
तरुण दलको महाधिवेशनको प्रचारमा मोटरसाइकल र्‍याली
KNP nepal
KNP nepal
बाह्रखरी - शनिबार, कात्तिक २७, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
पोखरा । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको शनिबारदेखि सुरु हुने महाधिवेशनको प्रचारप्रसार एवम् सफलताको लागि आज पोखरामा मोटरसाइकल र्‍याली गरिएको छ । 
पोखराको पृथ्वीचोकबाट सुरु भएको र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । 
महाधिवेशनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । 
पार्टी सभापतिसहित वरिष्ठ नेता आउने भएपछि बिहान ८ बजेदेखि नै पोखरा विमानस्थलमा पार्टीका कार्यकर्ताको भीड लागेको छ । 
महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि शुक्रबार साँझ नै पोखरा आइसकेको तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्लेले जानकारी दिए ।  
महाधिवेशनमा लगभग १४ सय प्रतिनिधि सहभागी हुने र उद्घाटन सत्रमा १० हजार कार्यकर्ताको उपस्थिति रहने काफ्लेले बताए । रासस 
Nepal Investment bank
Nepal Investment bank
शनिबार, कात्तिक २७, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्