site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान संशोधन प्रस्ताव दर्ता नभए मंसिरको पहिलो सातादेखि संघीय गठबन्धनले राजधानीमा धर्ना थाल्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सरकारले कात्तिक मसान्तभित्र संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता नगराए संघीय गठबन्धनले मंसिर पहिलो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार संघीय समाजवादी फोरमको कार्यालयमा बसेको बैठकले संशोधन प्रस्ताव दर्ता नभए मंसिर पहिलो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए । 
बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्न आलटाल गरेपछि गठबन्धनका नेताहरुले  फेरि आन्दोलनमा जानुपर्ने धारणा राखेको झाले बताए । “प्रधानमन्त्रीले सुरुमा कात्तिक २५ गते भित्र संशोधन प्रस्ताव दर्ता गर्ने आश्वासन दिएका थिए । पछि कात्तिक मसान्तको समय मागे र अहिले सो समयभित्र पनि संशोधन प्रस्ताव दर्ता गर्न कुनै चासो नदेखाएपछि आन्दोनलको तयारीका लागि बैठकमा छलफल भएको छ ।” बाह्रखरीसँग कुरा गर्दै प्रवक्ता झाले भने, “संविधान संशोधन सम्बन्धी प्रस्ताव दर्ता नभए मंसिर पहिलो सातादेखि काठमाडौंमा धर्ना बस्ने निर्णय भएको छ ।”
गठबन्धनको बैठकमा उपस्थित नहुने गरेका सद्भावना अध्यक्ष राजेन्द्र महतो भने बिहीबारको बैठकमा पनि आएका थिएनन् । महतो बाहेक मधेसी मोर्चाका अधिकांश दलका अध्यक्षहरु बैठकमा सहभागि थिए ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC