site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

सभापति देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज बिहान १०ः४० बजे प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

सो अवसरमा नेपालमा गत वर्ष गएको भूकम्पबाट भएको क्षति र भूकम्प पछिको पुनः निर्माणका सम्बन्धमा छलफल भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय प्रधानमन्त्री मोदीले पूर्वगोरखा सैनिकहरु मेहिनती र अनुशासित हुनुका साथै प्राविधिक रुपमा दक्षसमेत रहेका हुँदा पुनः निर्माण कार्यमा उनीहरुलाई संलग्न गराउँदा चाँडै नै पुनः निर्माण कार्य सम्पन्न हुने बताएका थिए ।

भेटमा नेपालको संविधान संशोधनलगायत दुई देशबीचको आपसी सम्बन्धका विषयमा समेत छलफल भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Global Ime bank

भेटमा सभापति देउवाले संविधानको कार्यान्वयनका लागि मधेसवादी दललगायत अन्य संसद्मा रहेका राजनीतिक दलसँग संविधान संशोधनका विषयमा छलफल अगाडि बढिसकेको र संशोधित संविधान सबैलाई स्वीकार्य हुने विश्वास व्यक्त गरे ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाली एकजुट भएको खण्डमा नेपालले दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

सभापति देउवाले सोमबार साँझ राष्ट्रिय सुरक्षा सल्लाकार अजित डोभाललाई उनकै निवासमा भेट गरेका थिए ।

इन्डिया फाउन्डेसन, गोवाको निमन्त्रणामा प्रमुख अतिथिका रुपमा सभापति देउवा यही कात्तिक १९ गते भारत प्रस्थान गरेका थिए । उनी बुधबार अपराह्न १२ः४० बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  २१:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC