site stats
बाह्रखरी :: Baahrakhari
राजनीति

रामपुर (पाल्पा) । स्थानीय तह निर्धारण प्राविधिक समितिले लामो समयको प्रयासपछि स्थानीयको तहको नाम र केन्द्र रहने स्थान निर्धारण गरेको छ ।

आइतबारको सर्वदलीय बैठकले स्थानीय निकाय तह २ नगरपालिका र आठ वटा गाउँपालिका गरी १० स्थानीय तहको नाम केन्द्र रहने स्थानबारे  सहमति जुटाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्थानीय तह १ को नाम मगरात स्वायत्त गाउँपालिका–मित्याल, स्थानीय तह २ को साविकको रामपुर नगरपालिका–बेझाड, स्थानीय तह ३ को पूर्वखोला गाउँपालिका–रिङ्नेरह, स्थानीय तह ४ को नाम रम्भादेवी गाउँपालिका–ताहुँ वा खोकखोला, स्थानीय तह ५ मा थागढी गाउँपालिका–रुप्सेमा केन्द्र राखिने भएको छ  रहेको छ ।

त्यस्तै स्थानीय तह ६ को तिनाउ गाउँपालिका–दोभान, स्थानीय तह ७ को बमावकाली गाउँपालिका–चिर्तुङ्धारा, स्थानीय तह ८ को तानसेन नगरपालिका –तानसेन, स्थानीय तह ९ को रिब्द्धीकोट गाउँपालिकाको खस्यौली वा पालुङमैनादी वा कुसुमखोला र स्थानीय तह १० मा छहरा वा रैनादेवी गाउँपालिकाको केन्द्र भने  छहराको उपयुक्त स्थानमा राख्ने सहमति भई केन्द्रमा सिफारिस गरी पठाइएको स्थानीय तह निर्धारण जिल्ला प्राविधिक समिति सदस्य सचिव चूरामणि बस्यालले जानकारी दिए । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १३:००
प्रतिक्रिया दिनुहोस्