site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण पेस गरिसकेको जनाएको छ ।

प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएन भनी केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति कार्यालयले ध्यानाकर्षण भएको जनाउँदै उक्त जानकारी दिएको हो । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नियुक्ति भएको मितिले ६० दिनभित्रमा सम्पत्ति विवरण पेस गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि प्रधानमन्त्री र केही मन्त्रीले नियुक्त भएको केही दिनभित्रमै आ–आफ्नो सम्पत्ति विवरण पेस गरिसक्नुभएको छ र यसको प्राप्तिको अभिलेखीकरण राष्ट्रिय सतर्कता केन्द्रको वेबसाइटमा छ ।” यसपटक केही मन्त्रीको नियुक्ति अलि पछि भएको र सबै मन्त्रीको सम्पत्ति विवरण प्राप्त भइसकेपछि मन्त्रिपरिषद्ले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपश्चात् सार्वजनिक गरिने कार्यालयका प्रवक्ता दामोदर रेग्मीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC