site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पौडेल भन्छन्– मलाई सिस्नुपानीले पोल्दैन, दाहालको जवाफ–प्रधानमन्त्री भएपछि चाल पाउनुहोला
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री भएपछि सिस्नो पानीले पोल्छ पोल्दैन भन्ने थाहा हुने बताएका छन् । आइतबार राजधानीमा ‘सिस्नुपानी नेपालले’ आयोजना गरेको देउसी कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई सिस्नो पानीले नपोल्ने बताए पछि त्यसको जवाफमा दाहालले प्रधानमन्त्री भएपछि थाहा हुने बताएका हुन् । 
पौडेलले आफ्नो छाला पातलो भए पनि सिस्नु पानीले नपोल्ने बताए । जवाफमा प्रधानमन्त्री दाहालले भने, “मलाई सिस्नुले पोल्दैन त भन्नु भयो प्रधानमन्त्री भएपछि थाहा पाउनु हुनेछ । अझ दोहोर्याएर हुँदा प्रस्टै हुन्छ ।” 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले निर्वाचन चाहेको भन्दै तत्काल निर्वाचनमा जाने वातावरण बनाउन सरकारसँग आग्रह गरे । उनले संविधान कार्यान्वयनमा जोड दिए ।  
 
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३  १५:५१
प्रतिक्रिया दिनुहोस्