बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
महाअभियोगको निर्णय संसदीय दलले गर्छ
KNP nepal
KNP nepal
बाह्रखरी - शनिबार, कात्तिक १३, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
चितवन । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको संसदीय दलले अख्तियार प्रमुखमाथिको महाअभियोग विषयको टुङ्गो लगाउने बताएका छन् ।  
नेपाल प्रेस युनियन चितवनले  शनिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता समेत रहेका डा. महतले पार्टीको केन्द्रीय समितिले यो विषयको टुङ्गो लगाउने जिम्मा संसदीय समितिलाई दिएको बताए ।  
न्यायिक प्रक्रिया अघि बढिरहेको भन्दै उनले यसको टुङ्गो लाग्दै गर्दा कांग्रेसले पनि निर्णय लिने उल्लेख गरे ।  
नेपाली कांग्रेस परिपक्क पार्टी भएको भन्दै उनले न्याय र सुशासनको पक्षमा पार्टी कहिल्यै नचुक्ने बताए ।  
फरक प्रशङ्गमा मन्त्री महतले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नहुने बताए । कार्यकारी तहबाट सहमति सम्झौता हुने भन्दै उनले भारतीय राष्ट्रपति संवैधानिक राष्ट्रप्रमुख भएकाले यो भ्रमण सद्भाव भ्रमण भएको स्पष्ट पारे ।  
हालै मात्र भारतमा भएको दुई देशको बैठकमा नेपालका पक्षबाट महत्वपूर्ण प्रस्ताव पेस भएको भन्दै उनले भारत जान साथै केकेन दिन्छन् भन्ने भ्रमलाई चिर्दै यस पटकको बैठकमा नेपालको स्वार्थ र आवश्यकतालाई ध्यानमा राखेर कुरा अगाडि बढाएको बताए । रासस 
Nepal Investment bank
Nepal Investment bank
शनिबार, कात्तिक १३, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्