site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘चाडपर्व सबैका साझा’
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
झापा । सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले नेपाली चाडपर्व सबै जाति र समुदायको साझा बन्दै गएको धारणा व्यक्त गरेका छन् । 
तिहार, छठ, चासोक तङ्नाम र नेपाल संवत्का उपलक्ष्यमा नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले आज बिर्तामोडमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा खुला सडक दौड प्रतियोगिता कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री कार्कीले मुलुकले अहिले सबैको स्वाभिमान र सम्मान कायम हुने फराकिलो राष्ट्रवादको नीति अवलम्बन गरेको बताए । 
 
बिर्तामोडको मुक्तिचोकमा भएको चार किमी दौडमा मधुमल्ला मोरङका २१ वर्षीय यामदेव राई प्रथम भई रु ११ हजार पुरस्कार पाएका छन् । 
यसैगरी शनिअर्जुन झापाका अजय दनुवार दोस्रो, बिर्तामोडका सन्तोष दास तेस्रो र शनिअर्जुनका प्रकाश दनुवार चौथो विजेता भएका छन्। दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु सात हजार र साइकल पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा झापा सांसद सुधीर शिवाकोटी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रासस 
 
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३  ०९:५६
प्रतिक्रिया दिनुहोस्