site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महाभियोग प्रस्तावको निर्णयमा कांग्रेस न्यायाधीश

बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्व संसद्मा पेस गरिएको महाभियोग प्रस्तावको निर्णयमा कांग्रेस न्यायाधीश भएर उभिने बताएका छन् ।

उनले नेपाली कांग्रेसले जे निर्णय गर्छ त्यही हुने भएकाले संसद्मा पेस भएको महाभियोग प्रस्तावबारे कांग्रेसले सत्यतथ्य निर्णय गरेर आफ्नो मत जाहेर गर्ने र त्यही नै निर्णायक बन्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता महतले महाभियोग प्रक्रिया अघि बढ्ने तर हचुवाको भरमा कसैलाई फसाउन पनि नहुने र कोही पनि भ्रष्टाचारीलाई मुक्ति दिन नहुने बताए ।

उनले मधेसको मुद्दालाई समाधान गर्न, संविधान संशोधन गर्नका लागि कांग्रेस र माओवादीको सरकार बने पनि प्रधानमन्त्री दाहालले कांग्रेसलाई बाइपास गरेर एकलौटी निर्णय गरेको बताए ।

मधेसको मुद्दालाई सम्बोधन गर्न र संविधान संशोधनका लागि सबैको सहमति आवश्यक रहेको उनले बताए ।उनले भने–“अहिलेको महत्वपूर्ण काम मधेस आन्दोलनको सम्बोधन हो । तर यो काम काँग्रेसले मात्र गरेर हुदैँन । एमाले पनि सहमत हुनुपर्छ । सरकारको पहल प्रर्याप्त भएको छैन् ।”

उनले स्थानीय तहको पुनःसंरचनाको विषयमा गम्भीर रुपले काम नभएको बताउँदै गम्भीर रुपले पहल भए मात्र स्थानीय निर्वाचन हुनसक्ने र संविधान कार्यान्वयनमा सहज हुने बताए । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३  १७:०३
प्रतिक्रिया दिनुहोस्