site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति भण्डारीको एकवर्षीय कार्यकाल पूरा
Sarbottam CementSarbottam Cement

काठमाडौँ । गणतन्त्र नेपालका दोस्रो तथा मुलुकका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको एकवर्षीय कार्यकाल पूरा भएको छ ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सो पदमा रहेर खेलेको भूमिका र राष्ट्रपतीय संस्थाको संस्थागत विकासमा वर्तमान राष्ट्रपति भण्डारीले निरन्तरता दिएकी छन् । उने गत कात्तिक १३ मा पदभार सम्हालेकी थिइन् ।

संविधानले राष्ट्रपतिलाई संवैधानिक मानेको छ भने संविधानको अभिभावक र रक्षकका रुपमा पनि सो पदलाई लिइन्छ । राष्ट्रपतिले गर्ने निर्णय वा काम मन्त्रिपरिषद्को सिफारिसमा हुने भएकाले सो पदलाई विवादमुक्त र गरिमायुक्त बनाउन सरकार, दल र सबै पक्षले प्रयत्न गर्दै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति भण्डारी मुलुकको पहिलो महिला राष्ट्रपति हुँदा उनको थप चर्चा भयो । वाम–लोकतान्त्रिक आन्दोलनमा उनले विगतमा दिएको योगदान र राजनीतिक दलमा रहेर बोकेको अनुभवले पनि उनलाई सो जिम्मेवारी सम्हाल्न मद्दत गरेको हुन सक्छ । ‘जनताको बहुदलीय जनवाद’ का प्रणेता जननेता मदन भण्डारीकी धर्मपत्नी भएकाले  उनलाई राष्ट्रपति हुनुअघि नै आदर्शवान् र सङ्घर्षवान् नेत्रीका रुपमा लिइन्थ्यो ।

नयाँ संविधानको व्यवस्था बमोजिम व्यवस्थापिका–संसद्मा विसं २०७२ कात्तिक ११ गते भएको राष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेकी भण्डारी ३२७ मतसहित निर्वाचित भएकी थिइन् ।

Global Ime bank

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले २१४ मत प्राप्त गरेका थिए । विसं २०७२ असोज ३ मा संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा निर्वाचन भएको थियो । प्रमुख दलबीच सहमतिमा आएको संविधानपछिको सत्ता गठबन्धनमा भने सहमति हुन नसक्दा राष्ट्रपतिको निर्वाचनमा पनि मतदान भएको थियो, जहाँ संसद्को ठूलो दल काँग्रेस प्रमुख प्रतिपक्षी थियो ।

राष्ट्रपति भण्डारीले यसबीचमा दुई प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालाई शपथ गराइसकेकी छन् भने संसद्बाट पारित विभिन्न विधेयकमा संविधान बमोजिम प्रमाणीकरण गरेकी छन् ।  दलबीचको सहमतिको यात्रा, संविधानको कार्यान्वयन, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध, मुलुकको आर्थिक–सामाजिक विकास, प्राकृतिक विपद्जस्ता विषयमा उनले चासो दिँदै आएकी छन् । राजनीतिमा महिला सहभागिता र जागरण ल्याउन तथा संविधानमा हरेक निकायमा ३३ प्रतिशत महिला आरक्षणका लागि निरन्तर अगुवाइ गरेकी उनले राष्ट्र प्रमुख भएपछि पनि सो भावनालाई पछ्याइरहेको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताए ।

स्वदेशभित्रका करिब १५० सार्वजनिक कार्यक्रममा सहभागी भई राष्ट्रपति भण्डारीले विशेषतः समाजमा पछाडि पारिएका समुदायका कार्यक्रम र समाजसेवालाई प्राथमिकता दिँदै आएकी छन् ।

रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC