site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बालुवाटारको एक नम्बर गेट र ओलीको रिस
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा करिब नौ महिनासम्म प्रधानमन्त्रीका रूपमा बसे । उनी बसेका बेलामा बालुवाटारको एक नम्बर भनिने आँखा भएको गेट कहिल्यै खुलेन । किनभने उनको त्यो गेटसँग विशेष शत्रुता रहेछ ।
करिब चार वर्ष पहिलेको घटना हो जुनबेला तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल देशका प्रधानमन्त्री थिए । प्रधानमन्त्री खनाल अध्यक्ष भए पनि उनका लागि विशेष भूमिका भएका व्यक्ति थिए तत्कालीन वरिष्ठ नेता केपी शर्मा ओली । 
कुनै एक कार्यक्रममा प्रधानमन्त्री झलनाथ खनाल गएका थिए जहाँ ओली पनि सँगै थिए । कार्यक्रम पछि खनालले ओलीलाई पनि प्रधानमन्त्री निवास बालुवाटार सँगै आउन भने । प्रधानमन्त्रीको गाडी अघिअघि कुद्यो, ओलीको गाडी पछि पछि । बालुवाटारसम्म प्रधानमन्त्रीको पजेरो र सुरक्षा निकायका मोटरसँग बेतोडका साथ ओलीको ल्यान्डरोभर पनि कुद्यो । बालुवाटार पुगेपछि झलनाथ खनालको मोटर र सुरक्षा टोली फटाफट १ नं गेटबाट भित्र छि¥यो तर ओलीको रातो गाडीलाई भित्र छिर्न दिइएन । गोलीजस्तो फटाफट भित्र छिर्नुपर्ने ओलीको अनुहार उनको मोटरजस्तै रातो भयो । उनी फर्केर ३ नं गेटबाट छिरेर २ नं गेट पार हुँदै त्यो १ नं गेटलाई दायाँ पार्दै बालुवाटारभित्र छिरे । तर, उनलाई १ नं गेटसँग चिढ भयो ।
एक नम्बर गेटबाट प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्री, वर्तमान मन्त्री तथा कूटनीतिक निकायका प्रमुखलाई मात्र भित्र छिर्न दिइने सुरक्षा प्रावधान मिलाइएको हुनाले सेनाले सो गेटबाट ओलीलाई छिर्न दिएको थिएन । 
आफू छिर्न नपाएको गेटसँग ओलीको रिस धेरै पछिसम्म पनि मरेको रहेनछ् । आफू प्रधानमन्त्री हुनेबित्तिकै सबैभन्दा पहिले त्यो गेटलाई बन्द गर्ने निर्देशन दिए । ओली प्रधानमन्त्री हुन्जेल कोही पनि त्यो गेटबाट छिरेन । ओली आफँै पनि सो गेटबाट ओहोरदोहोर गरेनन् । ओलीपछि प्रधानमन्त्री भएका पुष्पकमल दाहालले भने सबैभन्दा पहिले त्यहीे गेट खोल्ने निर्णय गरे । 
त्यो कुरा त्यसै सेलाएको थियो । तर, ओली पदबाट बाहिरिएपछि बुधबार पहिलोपल्ट बालुवाटार छिर्दा एक नम्बर गेटको कुरा पुनः स्मरण भयो । ओली अब पूर्व प्रधानमन्त्रीको नाताले १ नं गेटबाट भित्र छिर्न सक्थे, तर उनी छिरेनन् । बालुवाटारका सुरक्षा निकायका अनुसार उनी ३ नं गेटबाटै छिरे, जसरी आफू प्रधानमन्त्री हुँदा छिरेका थिए । 
ओलीको १ नं गेटसँगको अहिलेको रिस कायमै रहे भविष्यमा अब सो गेटै बन्द नहोला भन्न सकिएला र ?
फाइल तस्बिरः एएफपी 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC