site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
डडेल्धुरा । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले अख्तियार दुरुपयोग अनुसान्धानका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।  
जनसङ्ख्या तथा वातावरणमन्त्री जोशीले बुधबार डडेल्धुरामा सञ्चारकर्मीसँग कार्की तानाशाहा बन्दै लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेकाले उनी बिरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको जिकिर गरे ।  कार्कीले संविधान कार्यान्वयनका लागि अवरोध गर्ने काम गरिरहेकोसमेत मन्त्री जोशीले आरोप लगाए ।  
नेकपा (संयुक्त) महाभियोगको प्रस्तावको समर्थनमा मतदान गर्ने मन्त्री जोशीले स्पष्ट पारे । महाभियोगबाट हट्नुभन्दा लोकमानले राजीनामा गरे उत्तम हुने उनको सुझाव थियो । 
नेपाली कांग्रेस लोकतन्त्रवादी पार्टी भएकाले जनभावनाअनुरुप महाभियोगको पक्षमा आउने मन्त्री जोशीले विश्वास व्यक्त गरे ।  
अर्को प्रशङ्गमा महाभियोग प्रस्ताव र संविधान संशोधन फरक विषय भएकाले संविधान संशोधनमा कुनै असर नपर्ने मन्त्री जोशीको भनाइ छ । मन्त्री जोशीले असन्तुष्ट मधेसी दलको मागलाई सम्बोधन गरेर चैत महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा समेत राखे । रासस 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC