राजनीति
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठक बालुवाटरमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहभागिता रहेको छ ।
लोकमान सिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने प्रस्तावमाथिको छलफल, संविधान संशोधन, महाभियोग प्रक्रियाले राजनीतिमा पारेको प्रभाव लगायतका विषयमा छलफल हुन सक्ने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
तस्बिर स्रोत : प्रधानमन्त्री सचिवालय
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३ १६:१८
प्रतिक्रिया दिनुहोस्