site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गोरखा, २० असोज । नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले देश विकासका लागि स्थायी सरकारको आवश्यकता रहेको बताएका छन् ।

बडादसैँ, दीपावली, नेपाल सम्बत् तथा छठको अवसरमा नयाँ शक्ति पार्टी गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै उनले मुलुकमा कम्तिमा पाँचवर्ष टिक्ने सरकार आवश्यक परेको बताए ।

देशमा आर्थिक समृद्धि ल्याउन स्थायी सरकारको खाँचो रहेको उनको भनाइ थियो । तनहुँको आँबुखैरेनी नजिक ऐनापहरामा झरेको पहिरोले पृथ्वीराजमार्ग पूर्णरुपमा अबरुद्ध भएपछि पूर्वप्रधानमन्त्री भट्टराईले बाटोबाटै टेलिफोन गरी कार्यक्रमलाई सम्बोधन गर्नुभएको उक्त पार्टीका स्थानीय नेता ज्ञानेन्द्र कुमालले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७३  ०८:०६
प्रतिक्रिया दिनुहोस्