site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘परराष्ट्रको तेस्रो विज्ञप्तिको ‘ड्राप्ट’ भारतबाटै आयो’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले परराष्ट्र मन्त्रालय, विज्ञप्ति मन्त्रालयमा परिणत भएको टिप्पणी गरेका छन् । सार्क राष्ट्रको हैसियतले नेपालले भूमिका प्रदर्शन गर्न नसकेको र हप्तामा तीनवटा विज्ञप्ति निकाल्नबाहेक केही नगरेको उनको आरोप छ । 
बुधबार बुद्धनगरस्थित युवा संघको पार्टी कार्यालयमा आयोजित दसैंको शुभकामना आदन– प्रदान कार्यक्रममा उनले सरकार गठन लगत्तै दुवै देशमा विशेष दूत पठाउन सक्ने सरकारले भारत–पाकिस्तान समस्या चर्किएर सार्क सम्मेलन नै नहुने अवस्था आउँदा समेत केही गर्न नसकेको बताए ।
“सरकार गठनलगत्तै प्रधानमन्त्रीले दुवै छिमेकी देशमा विशेष दूत पठाउनु भयो, ती दूतले फर्किएर विमानस्थलमा छिमेकीसँगको सम्बन्ध उचाइमा पुर्‍यायौँ भनेर दाबी पनि गरे, पहिले कुन लेवलमा थियो र कति उचाइमा पुर्‍याउनु भयो, त्योचाहिँ खुलाउनु भएन,” उनले भने, “अहिले भारत–पाकिस्तान सम्बन्ध बिग्रिएर सार्क सम्मेलन नै स्थगित हुने अवस्था आयो, विशेष दूत पठाएर सार्क अध्यक्षको भूमिका देखाउनुपर्ने समय अहिले हो ।”
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका पाण्डेले परराष्ट्र मन्त्रालयले आइतबार निकालेको तेश्रो विज्ञप्तिको ड्राफ्ट भारतबाटै आएको संकेत गरे । “अशोभनीय रूपमा भारतको उरीमा भएको घटनाको निन्दा गर्ने विज्ञप्ति नेपालको नभई अन्य कतैबाट आएको हुनुपर्छ,” उनको भनाइ थियो ।
“जसरी दुई राष्ट्रबिचको विवाद सार्कमा छलफल गर्न पाईंदैन त्यसैगरी दुई राष्ट्रबीचको विवादले सार्क सम्मेलन पनि स्थगित गर्न हुँदैन,” पाण्डेले तर्क गरे ।
एक फरक प्रशंगमा नेता पाण्डेले प्रधानमन्त्री पुष्पमकल दाहालको भारत भ्रमणको क्रममा भएको २५ बुँदे संयूक्त विज्ञप्तिको केही बुँदा आफू परराष्ट्रमन्त्री हुँदा नै सहमती गरेको भन्ने आरोप निराधार रहेको बताएका छन् । उनले भने, “म परराष्ट्रमन्त्री हुँदा नेपाल र भारतबीचको समान धारणा बनाउन जानकारीहरू सेयर गर्ने भन्ने बुँदासहितको विज्ञप्ति निकालेको थिएँ । तर सो बुँदालाई तोडमोड गरेर प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र भारतको एउटै धारणा बनाउने बुँदा सहितको विज्ञप्ति निकाल्नु भएको छ, यो गलत हो ।”
कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, युवा संघका अध्यक्ष राजिव पहारी, प्रवक्ता प्रभावविक्रम कटुवाललगायतले पनि शुभकामना मन्तव्य दिएका थिए । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १९, २०७३  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC