site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
धनगढी। स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनशनमा बसेका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्न सांसदहरुसँग आग्रह गरेका छन् । 
बुधबार आयोजित पत्रकारसम्मेलनमा नेपाली कांग्रेसका युवानेतासमेत रहेका मन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आफूले डा केसीसँग अनशनमा नबसिदिन आग्रह गरेको स्मरण गराए । 
मन्त्री थापाले भने—“त्रिभुवन विश्वविद्यालयको डिनको नियुक्तिको विषय टुङ्गिन सकेमा डा केसीको अनशन अन्त्य हुन सक्छ ।” एक प्रश्नमा उनले सरकारले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग लगाउन नमिल्ने र चाहेर पनि केही नहुने बताउँदै डा केसीले उठाएका मागको पक्षमा सांसदका रुपमा आफ्नो समर्थन भने रहेको दोहोर्‍याए। 
“यो विषयमा छलफल चलाउनुपर्छ भनेर आफूले संसद्मा बोलेको हो, तर आज आफू फरक क्षमतामा छु”, मन्त्री थापाले भने । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी हाल अनशनमा बसिरेहका छन् ।रासस 
 
प्रकाशित मिति: बुधबार, असोज १९, २०७३  १२:५४
प्रतिक्रिया दिनुहोस्