site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपपछि बैठक बस्न नसकेको नेपाल मेडिकल काउन्सिलको बैठक तत्काल बोलाउन निर्देशन दिएका छन् ।
सोमबार मेडिकल काउन्सिललाई पत्राचार गर्दै उनले तत्काल बैठक बोलाउन निर्देशन दिएका हुन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्तिको मापदण्ड नबनाएसम्म कुनै पनि कामकारबाही अघि नबढाउन निर्देशन दिएपछि काउन्सिलको बैठक महिनौंसम्म बस्न सकेको थिएन ।
नेपाल मेडिकल काउन्सिलको बैठक नबस्दा निजी मेडिकल कलेजले आफूखुसी सिट निर्धारण गर्न लागेपछि मन्त्री थापाले तत्काल काउन्सिलको बैठक बोलाउन निर्देशन दिएको मन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।
बैठक बोलाइसकेपछि सिट निर्धारणदेखि हरेक विषयमा छलफल गर्न सकिन्छ । सल्लाहकार पौडेलका अनुसार आमरण अनशनमा बसेका डा. गोविन्द केसीले उठाएका मागका बारेमा पनि काउन्सिलको बैठकमा छलफल हुन सक्नेछ ।  यसैबीच मन्त्री थापाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भीसी विपी दासलाई कारबाहीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेका छन् ।
स्रोतले दिएको जानकारीअनुसार भीसीले एमबीबीएसको स्कलरसिप कोटामा भर्ना हुने तीन जना विद्यार्थीको प्रक्रिया पूरा नगरेको र स्पष्टीकरण माग गर्दा पनि चित्तबुझ्दो नदिएको भन्दै कारबाहीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन् ।  कार्यविधि अवलम्बन नगरेको, मेरिटका आधारमा काम नगरेको, पारदर्शिता नभएको आदि आरोप दासमाथि लागेको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७३  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC