site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा माले प्रगतिशील एमालेमा बिलय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौँ। नेकपा माले (प्रगतिशील जनवादी) पार्टी सोमबार नेकपा एमालेमा विलय भएको छ । 
सो पार्टीका महासचिव मधु चालिसेसहित करिब १५० जनालाई सोमबार एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेललगायत नेताले स्वागत गरेका हुन् । 
यसअघि नेकपा मालेको केन्द्रीय सदस्य रहेका ललितपुर निवासी चालिसेले एक वर्षअघि पार्टीबाट निष्क्रिय भई नयाँ समूह स्थापना गरेका थिए । 
नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीमा आउने सबै नयाँ नेता कार्यकर्तालाई योग्यता र क्षमताबमोजिम उचित जिम्मेवारी दिइने बताए । 
पूर्वप्रधानमन्त्री ओलीले पार्टीले सञ्चालन गर्ने संविधान कार्यान्वयनसम्बन्धी अभियानमा सक्रिय सहभागी हुन कार्यकर्तालाई आग्रह पनि गरे ।  
 
प्रकाशित मिति: सोमबार, असोज १७, २०७३  १८:४१
प्रतिक्रिया दिनुहोस्