site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर, महाअभियोग प्रक्रिया अघि नबढे छाड्नेवाला छैन : केसी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । आठदिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।  अक्सिजनको मात्रा घटेको र मुटुको गति पनि घटबढ भइरहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।  “मुटुको चाल घटबढ भैरहेको छ,” उपचारमा संलग्न एक चिकित्सकले बाह्रखरीसँग भने, “उहाँ अहिले निकै कमजोर हुनुभएको छ ।”
डा. केसी चारबुँदे माग राखेर नवौं सत्याग्रहमा छन् । उनले नवौं सत्याग्रह थालेको पनि आठ दिन भइसकेको छ ।  चिकित्सा शिक्षा ऐन संसदको यही अधिवेशनबाट तुरुन्त पारित हुनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने, मेडिकल शिक्षाको शुल्क माथेमा कार्यदलले निर्धारित गरे बमोजिम तथा पछिल्लो सम्झौताबमोजिम कायम गर्दै पछिल्लोचोटी निजी मेडिकल कलेजका प्रतिनिधिहरुद्धारा बनाइएको कथित समितिको निर्णय खारेजीको माग गर्दै उनले नवौं सत्याग्रह थालेका हुन् ।
त्यसैगरी आइओएममा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्ति गरिनुपर्ने, चिकित्सा शिक्षा ऐनको मर्मविपरीत संसदमा विचाराधीन प्रक्रिया फिर्ता गरिनुपर्ने, आइओएमका भ्रष्ट पूर्व पदाधिकारीमाथि तत्काल छानविन र कारवाही अघि बढाइनुपर्ने लगायतका माग राखेर केसी आमरण अनशनमा बसेका छन् ।
तर डा. केसीले आफ्ना माग पूरा नभएसम्म कुनै पनि हालतमा सम्झौता नगर्ने अडान राखेका छन् ।  शनिबार बेलुका बाह्रखरीसँग छोटो कुराकानी गर्दै माग पूरा नभएसम्म आफुले नछाड्ने अडान दोहोर्याए ।
“अहिलेसम्म लडेर प्राप्त गरेका उपलब्धि पनि गुम्नेवाला छन्,” डा. केसीले अनशनकै क्रममा भने, “महाअभियोग प्रक्रिया अघि नबढाएसम्म म छोड्नेवाला छैन । आठौं सत्याग्रहमा भएका साना–साना कुरा पनि अहिलेसम्म भएको छैन । यस्तो अवस्थामा कसरी सत्याग्रह छाड्न सक्छु ?”  संसद्, तथाकथित राजनीतिक दल र अख्तियार आफैं भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउँदै डा. केसीले आफ्नो लडाईँ भ्रष्टाचार र बेथितिको लागि पनि भएको बताए । 
“राजनीतिक दल र अख्तियार दुवै मिलेर भ्रष्टाचार गरेका छन्,” केसीले भने, “हामीले अख्तियार प्रमुखविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउ भनेको हो । अहिले नै हटाइहाल भनेको होइन । अनुसन्धानमा उनी स्वच्छ भेटिए भने कामकारवाही अघि बढाउन पाउनेछन् । दोषी ठहर भए कारवाही हुनुपर्छ । तर म ग्यारेन्टीका साथ भन्न सक्छु संसारमा कोही एकजना त्यस्तो व्यक्ति उनै हुन्, जो क्लिन छैनन् ।”  उनले लोकतन्त्रको सिपाही भन्ने सांसदहरु लोकमानतन्त्रको सिपाही हुनुपर्ने अवस्था आएको बताउँदै लोकतन्त्रको उपहास हुँदा पनि बोल्न नसकेको टिप्पणी गरे । “महाअभियोग समिति गठन गर्न पनि किन सक्दैनन् ?,” केसीको प्रश्न थियो, “जनताप्रति बफादार सांसद् पनि छैनन् ? त्यसो हो भने त्यस्तो संसद्को के जरुरी पर्यो । त्यस्ता सांसदलाई कुर्सीमा बस्ने अधिकार नै छैन ।”
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १७, २०७३  १०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC