site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ढुक्क हुनुहोस दसैंमा घर जान समस्या हुँदैन : मन्त्री लेखक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । भौतिक योजना तथा पूर्वाधारमन्त्री रमेश लेखकले बीपी राजमार्गमा ठूला सवारी चलाउने निर्णय नभएको स्पष्ट पारेका छन् । 
आईतबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री लेखकले बीपी राजमार्गमा ठूला सवारी चलाउन रुटपरमिट सरकारले नदिएको बताएका हुन् । उनले अघि थपे,“बीपी राजमार्गमा अहिले १८ सिट क्षमता भएका माईक्रो तथा हाईस मात्रै चल्ने गर्छन, सरकारले ठूला सवारीलाई पनि रुटपरमिट दियो भन्ने हल्ला, आंशकाहरु बजारमा आएका छन्, यसमा कुनै सत्यता छैन ।” यद्यपी उनले प्राविधिक समितिले भने यसबारेमा सरकालाई केही सुझावहरु भने अघि सारेको बताए । 
मन्त्री लेखकले दसैंतिहारलाई लक्षित गरेर सरकारले सवारीहरुको उचित व्यवस्था, यात्रुवाहक बसहरु बढिभन्दा बढि थप्ने लगायतको सम्पूर्ण व्यवस्था गरिसकेको उल्लेख गर्दै भने,“सरकारले काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीहरुको उचित व्यवस्था लगायत आवश्यक पहल र प्रयत्न गरिसकेको छ, सरल र सुगम तरिकाले सवारीसाधनको व्यवस्था हुँदैछ, कोहीपनि यात्रुहरुले चिन्ता गर्नुपर्दैन् ।”
उनले यातायात व्यवसायीहरुले समेत दसैं तिहारमा उपत्यकाबाट गन्तब्यसम्म जान यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिबद्धता सरकारसँग व्यक्त गरिसकेकोले यात्रुहरुले चिन्ता गर्नुनपर्ने विश्वास दिलाए । 
उनले भने,“यातायात व्यवसायी साथीहरुले जिल्लाजिल्ला अथवा देशव्यापी रुपमा सवारीहरु ल्याएर भए पनि सेवा दिन्छौं भन्नुभएको छ, आशा छ सवारीको अव कुनै कमी हुँदैन् ।”
मन्त्री लेखकले आवश्यक परे सरकारले अन्य विकल्प समेत अघि सार्ने जनाए । हालै मात्रै पनि सवारी आवातजावतको उचित व्यवस्था गर्नेबारे सम्बन्धित सबै निकाय प्रहरी, सेना, र सरकारका मुख्य सचिववीच छलफल भएको समेत उनको भनाई थियो । 
उनले पछिल्लो समय सरकारले बनाएको नयाँ नियम बमोजिम क्षमताभन्दा बढि यात्रु बोकेको पाईयो भने कडा कारवाही गर्ने समेत उद्धघोष गरे । लेखकले थपे,“सवारीको कुनै कमी हुँदैन, जोखिमपूर्ण यात्रा नगरौं, छतमा बसेर यात्रा गर्ने काम नगरौं ।” 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १६, २०७३  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC