site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्यलाई तोडमोड गरी खर्च शीर्षक तथा रकमसमेत गलत अर्थ लगाउन मिल्ने गरी बंग्याइएको भन्दै सोसल साइन्स बहाःले आपत्ति प्रकट गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज ९ गते सोसल साइन्स बहाः अन्तर्गत सञ्चालित एलायन्स फर सोसल डायलग नामक कार्यक्रमलाई छुट्टै संस्थाका रुपमा चित्रण गरेर अनियमितता भएको भन्दै विज्ञप्ति जारी गर्नु नै सरासर गलत भएको बहाःको भनाई छ ।
एलायन्स फर सोसल डायलग नामक कार्यक्रम सञ्चालनका गर्न सोसल साइन्स बहाःले प्रचलित कानुनअनुरुप समाज कल्याण परिषद्बाट पूर्वस्वीकृति लिएको समेत जनाएको छ ।
विज्ञप्तिमा सोसल साइन्स बहाःले कुनै पनि प्रचलित कानुनको उल्लंघन नगरेको दावी गर्दै निराधार आरोप लगाई विषयवस्तुभित्र गैरकानुनी ढंगबाट प्रवेश गरी न्यायिक निकायले झैं ठहर गरेर अख्तियारले प्रेस विज्ञप्ति निकाल्नु नेपालको संवैधानिक व्यवस्था तथा प्रचलित नीति–नियमको बिर्खिलापमा रहेको उल्लेख  छ । त्यसैगरी पूर्वाग्रह तथा दुराशयबाट ग्रसित र क्षेत्राधिकारभन्दा बाहिरको काम भएको विज्ञप्तिमा भनिएको छ ।
कानुन बमोजिम हुने परीक्षणमा दृढताका साथ उत्रिन र आफूहरुका बारेमा गरिने अनुसन्धानमा सहयोग गर्न समेत तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
सोसल साइन्स बहाः समाज विज्ञानका क्षेत्रमा गहन प्रकृतिको अध्ययन, अध्यापन एवं अनुसन्धानलाई प्रवद्र्धन गर्ने उद्देश्य लिई प्रचलित कानुन बमोजिम स्थापित, सञ्चालित र क्रियाशील विशुद्ध सामाजिक संस्था भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाली शोधहरुको क्षमता र चाख अभिवृद्धि गर्ने, यी कामलाई स्तरीय र विश्वसनीय बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गर्ने, समाज विज्ञान सम्बन्धि स्तरीय पुस्तकालय सञ्चालन गर्ने र समाज विज्ञानको अध्ययन, अध्यापन, अनुसन्धान तथा अनुभव आदान–प्रदान तथा प्राज्ञिक विचार–विमर्शका माध्यमबाट प्राप्त ज्ञानलाई थिंक ट्यांकका रुपमा नेपाली समाजको उन्नयनमा उपयोग गर्ने र यस कामका लागि विभिन्न विचार तथा नीति निर्माण एवम् विश्लेषणका लागि निरन्तर विचार–विमर्श, व्यवस्थित संवाद अभियान  र अन्तरक्रिया सञ्चालन गर्ने संस्था भएको जनाएको छ ।
सोसल साइन्स बहाः २०६३ माघ १ गते जिल्ला प्रशासन कार्यालय, ललितपुरमा दर्ता भई त्यसको ९ दिनपछि समाजकल्याण परिषदमा आवद्ध संस्था भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १९:०३
प्रतिक्रिया दिनुहोस्