site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मातृशिशु मितेरी अस्पताल भगिनी सम्बन्धको प्रतीक : राष्ट्रपति भण्डारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले मातृशिशु मितेरी अस्पताल पोखरा र जापानको कोमागाने सहरीबीच भएको भगिनी सम्बन्धको प्रतीक भएको बताएकी छन्। 
पोखरा उपमहानगरपालिकाको बाटुलेचौरमा सञ्चालन भएको २५ श्ययाको जिल्लास्तरको मातृशिशु मितेरी अस्पतालको बुधबार उद्घाटन गर्दै उनले अस्पतालले महिला, बालबालिका र गर्भावस्थामा रहेका शिशुको उपचारमा अत्यावश्यक सेवा पु¥याउने विश्वास व्यक्त गरिन् । 
राष्ट्रपति भण्डारीले नेपाल र जापानबीच लामो समयदेखि सुमधुर सम्बन्ध कायम रहेको चर्चा गर्दै जापान नेपालको विकासको एक साझेदार देश भएको धारणा राखे । 
प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाले भरिपूर्ण सुन्दर रमणीय पोखरा पर्यटकको गन्तव्यस्थल भएको चर्चा गर्दै राष्ट्रपति भण्डारीले पोखरालाई स्वास्थ्य पर्यटन सहरका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । 
सो अवसरमा राष्ट्रपति भण्डारीले स्वास्थ्यमन्त्री हुँदा मन्त्रिपरिषद्को बैठकबाट मातृशिशु मितेरी अस्पताललाई २५ श्ययाको जिल्ला अस्पताल बनाउन निर्णायक भूमिका खेलेको भन्दै पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए । 
सोही समारोहमा उनले अस्पतालको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न महानुभावलाई सम्मान गरेका थिए । सो अवसरमा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नवनिर्मित अस्पतालले मातृशिशु मृत्युदर घटाउन सहयोग पुर्‍याउने बताउँदै जापान सरकारले आगामी दिनमा पनि यसप्रकारका अन्य सहयोग गर्ने जानकारी दिइन् । 
पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले नवजात शिशुको मृत्युदर घटाउन नसक्नु अहिले देशका लागि चुतौतीको विषय बनेको धारणा राखे। अस्पताल विकास समितिका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा जाइका निर्देशक जुन साकुमाले अस्पतालको निर्माणमा सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । 
बाटुलेचौर स्वास्थ्य चौकीको स्तरोन्नति र मातृशिशु मितेरी अस्पताललाई समायोजन गरी स्वास्थ्य मन्त्रालयअन्तर्गत जिल्ला अस्पतालका रुपमा सो अस्पताल सञ्चालन गरिएको हो । 
पोखरा उपमहानगरपालिका र जापानको कोमागाने सहरबीच भगिनी सम्बन्ध भएका अवसरमा अस्पताल नेपाल सरकारलाई आज हस्तान्तरण गरिएको हो । 
कोमागाने सहर, नेपाल सरकार र स्थानीय जनसहयोग गरी करिब रु १४ करोड अस्पतालको भवन निर्माण र उपकरण खरिदमा खर्च भएको बताइएको छ । रासस 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १२, २०७३  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC