site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । भारतको सिको गर्दै आगामी नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा हुन गइरहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सम्मेलन बंगलादेश, भुटान र अफगानिस्तानले पनि वहिष्कार गरेको स्रोतहरूलाई उद्धृत गर्दै भारतीय समाचार संस्था दि टाइम्स अफ इन्डियाले जनाएको छ ।
इस्लामावादमा हुन लागेको सार्कको १९ औं सम्मेलनमा भाग नलिने भन्दै ती राष्ट्रहरूले सार्कको वर्तमान अध्यक्ष नेपाललाई यस विषयमा छुट्टाछुट्टै पत्र पठाएको टाइम्स अफ इन्डियाले लेखेको छ । 
बंगलादेशले उसको आन्तरिक मामिलामा पाकिस्तानले हस्तक्षेप बढाउँदै लगेको भन्दै यस अवस्थामा सार्क बैठक सफल हुन नसक्ने बताएको छ ।
भुटानले पनि सार्कको प्रगतिप्रति आफू प्रतिबद्ध रहेको तर यस क्षेत्रमा पछिल्लो समय बढेको आतंकवादले सार्क सम्मेलन सफल हुनेमा आशंका उब्जिएको बताएको छ ।
त्यस्तै, अफगानिस्तानले पनि आफू सम्मेलनमा सहभागी नहुने ब्यहोराको पत्र नेपाललाई पठाएको बताइएको छ । उता श्रीलंकाले पनि भारतको अनुपस्थितिमा सार्क सम्मेलन हुन नसक्ने बताएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
यसअघि भारतले वर्तमान अवस्थामा इस्लामावादमा प्रस्तावित शिखर बैठकमा भाग लिन असमर्थ रहेको जनाएको थियो । इस्लामावादमा आगामी नोभेम्बर ९ र १० का दिन १९ औं सार्क शिखर सम्मेलन हुने तय थियो । 
सार्क बडापत्रमा कुनै एउटा राष्ट्र अनुपस्थित वा असहमत भएमा सम्मेलन वा कुनै निर्णय हुन नसक्ने प्रावधान छ ।
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १२, २०७३  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC