site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच मंगलबार वार्ता हुँदैछ । मोर्चाका नेता र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मंगलबार दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)का प्रवक्ता केशव झाले जानकारी दिए । 
दाहाल प्रधानमन्त्री भएको ६० दिन पुग्न लाग्दा पनि आफूहरुसँग भएको तीन बुँदे सहमति कार्यान्वयनतर्फ सरकार अग्रसर नभएको भन्दै सरकारसँग यसबारेमा कुरा गर्न मंगलबार  भेट हुन लागेको झाले बताए । उनले सरकार संविधान संशोधन भन्दा पनि हल्लामात्र गर्न लागिपरेको आरोप लगाए ।  
 
 
 
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७३  १३:२३
प्रतिक्रिया दिनुहोस्