site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दुर्घटनामा मृत्यु भएकाको परिवारलाई पूर्वमन्त्री यादवको सहयोग
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकले दुर्घटनामा मृत्यु भएका सिरहा सुखिपुरका राम दयाल यादवको परिवारलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ । मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका उनको परिवारलाई पार्टीले राहत स्वरुप सो रकम प्रदान गरेको फोरम गणतान्त्रिकले जनाएको छ । 
फोरम गणतान्त्रिकले दुर्घटनामा मृत्यु भएका राम दयालकी छोरी चन्द्रकला यादवलाई उच्च शिक्षासम्म पढाउने जिम्मा लिएको अध्यक्ष एवम् पूर्वमन्त्री राजकिशोर यादवले बताए । अध्यक्ष यादवले भने, “५ कक्षामा अध्ययन गर्दागर्दै बुवाको मृत्यु भएपछि पढाइ रोकिएको मैले जानकारी पाएँ । शिक्षा पाउने मौलिक अधिकारबाट कोही पनि बन्चित हुन नपरोस् भनेर मैले चन्द्रकलाको शिक्षाको जिम्मेवारी लिएको हुँ ।”
 
प्रकाशित मिति: सोमबार, असोज १०, २०७३  २०:१८
प्रतिक्रिया दिनुहोस्