site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको  दोहोरो नीतिका कारण मुलुक अप्ठेरोमा परेको बताएका छन् ।
केन्द्रिय कमिटीको बैठकमा शनिबार जवाफ दिँदै उनले यस्तो बताएका हुन् । “हामी राजनीतिक दलहरुका बीचको सहमति र सहकार्यका पक्षमा छौं,”ओलीको भनाई उधृत गर्दै एमालेले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ,“आफूले नेतृत्व पाउँदा सबै दल मिलेर काम गर्नुपर्छ भन्ने अनि अरुले नेतृत्व गर्ने स्थिति बन्दा लोकतन्त्रमा सबै ठूला दल मिलेर देश बनाउनु हुँदैन भन्ने नेपाली कांग्रेसको दोहोरो नीतिका कारण मुलुकको राजनीतिले अप्ठेरो स्थिति भोग्नुपरेको हो ।”
ओलीले संविधान संशोधनका बारेमा एमालेसँग कुनै छलफल नै नभएको बताएका थिए । “संविधान संशोधनका बारेमा चर्चा सुनेका छौं । तीन बुँदे प्रस्तावको कुरा बाहिर आएको छ । त्यसभित्र चलखेलका अनेक पाटाहरु छन् । हामीसँग कुनै सरसल्लाह भएको छैन । नेकपा (एमाले) जस्तो प्रमुख हैसियत भएको पार्टीसँग सामान्य परामर्श पनि गर्नु नपर्ने ?”
उनले संविधान गतिशील दस्तावेज भएको उल्लेख गर्दै भने,“०४७ सालमा संविधान बनाएर महत्वपूर्ण भूमिका निर्वाह गरेको र अहिले संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीलाई यो कुरा थाहा छ । आवश्यकता र अनुभवका आधारमा संशोधन हुन सक्छ, जनतालाई अधिकारसम्पन्न बनाउनका लागि आवश्यक पर्दा संशोधन हुन सक्छ । तर, दुई–चार जनालाई चाहियो भन्दैमा संविधान संशोधन हुन सक्दैन । तर, देशको देशको सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता, एकता, अखण्डता, जातीय–साम्प्रदायिक सद्भावमा आघात पुग्ने गरी संशोधन हुन सक्दैन ।”
उनले निर्वाचन बाहेक अर्को उपाय नै नभएको बताए ।
“निर्वाचनबाहेक संविधान कार्यान्वयन गर्ने अर्को उपाय छैन,” उनले भेन,“त्यही भएर हामीले १८ महिने मार्गचित्र अगाडि सारेका थियौं । तर, त्यही बेलामा निर्वाचन हुन नदिने उद्देश्यका साथ सरकार परिवर्तन गरियो । फेरि पनि निर्वाचनको विकल्प छैन ।”
 
प्रकाशित मिति: शनिबार, असोज ८, २०७३  २०:३२
प्रतिक्रिया दिनुहोस्