site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नाम परिवर्तन गरिने भएको छ । सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौता अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नाम परिवर्तन गरेर मनमोहन अधिकारी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बनाउने निर्णय भएको हो ।
सिनेटको आज बसेको बैठकले यस्तो निर्णय गरेको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए ।  सिनेटले गरेको निर्णय अनुसार नाम परिवर्तनका लागि ऐन संशोधनको प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रलायललाई लेखि पठाउने निर्णय भएको छ ।
डा. गोविन्द केसीसँग भएको सम्झौता अनुसार प्रस्तावित मनमोहन मेडिकल खरिदका लागि अब बाटो थप सहज हुनेछ ।  “मनमोहन अधिकारी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बनाउन स्वास्थ्यमन्त्रालयलाई लेखि पठाउने भन्ने निर्णय भएको छ,” थापाले बाह्रखरीसँग भने ।  स्वास्थ्यमन्त्री थापाले यसअघि मनमोहन मेडिकल कलेजका संचालकहरुलाई बोलाएर सरकारले गर्न लागेको निर्णयका बारेमा पनि जानकारी गराएका थिए ।
तर प्रस्तावित मनमोहन मेडिकल कलेज सञ्चालकहरु बेच्न तयार भने भएका छैनन् । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा  विचाराधिन अवस्थामा रहेको मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।
 
प्रकाशित मिति: शनिबार, असोज ८, २०७३  १७:४४
प्रतिक्रिया दिनुहोस्