site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनमा पर्यटन बोर्डको स्तरहीन प्रस्तुति 

छिमेकी चीनको सिचुआन प्रान्तले सेप्टेम्बर ४ देखि ९ सम्म आफ्नो पर्यटन प्रवद्र्धन गर्न ‘सीआईटीई’ भन्ने एउटा कार्यक्रम आयोजना गरेको थियो । त्यहाँको ल्हसान भन्ने ठाउँ र हाम्रो बुद्ध जन्मस्थल लुम्बिनीबीच भगिनी सम्बन्ध गाँस्ने कार्यक्रम पनि थियो । नेपालको पर्यटन प्रवद्र्धन गर्न उनीहरूले पूर्णरूपमा सहयोग गर्ने र नेपालको हस्तकलाका सामानलाई एक सातासम्म प्रदर्शन गर्ने तालिका थियो । त्यस कार्यक्रममा हस्तकला क्षेत्रबाट ४० देखि ५० जना, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाट १० जना, नेपाल पर्यटन बोर्डबाट १० जना र लुम्बिनी विकास कोषबाट १० जनालाई उतैबाट निमन्त्रणा आएपछि नेपाली टोली त्यहाँ गएको थियो ।

यति ठूलो खर्चमा चीनले बोलाउँदा २० लाख पर्यटक ल्याउने हाम्रो पर्यटन अभियान ‘नेपाल भ्रमण वर्ष, २०२०’ का लागि एउटा ठूलो ‘प्लेटफर्म’ तयार भएको थियो । त्यहाँ पुग्दा उनीहरूकै खर्चमा सहरैभर नेपालको पर्यटन प्रवद्र्धन हुने पोस्टर, पम्प्लेट टाँसेर प्रचार गरिएको थियो । एकदमै राम्रो कार्यक्रम र प्लेटफर्म तयार पारेर चिनियाँले नेपालको पर्यटनलाई गुण लगाएका थिए । 

परन्तु, यस्तो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा हाम्रो राष्ट्रिय पर्यटन सस्था नेपाल पर्यटन बोर्डको उपस्थिति र प्रस्तुति असाध्यै फितलो हुन पुग्यो । मुख्य हलमा नेपालको प्रस्तुति थियो । त्यसलाई पर्यटन बोर्डका अधिकारीले पेस गर्नुपर्ने थियो तर नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाईंले प्रस्तुत गर्नुपर्‍यो जुन  अत्यन्तै नराम्रो र फितलो भयो । वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज मिश्रदेखि हामी सबै त्यही हलमा नेपालको प्रस्तुति हेरिरहेका थियौँ तर त्यो प्रस्तुतिबाट हामी खुसी होइन असाध्यै लज्जित हुन पुग्यौँ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसमा मैले भन्न खोजेको के हो भने यसखालको कार्यक्रममा पर्यटन बोर्डको प्रस्तुति फितलो हुने गरेको गुनासो सधैं सुन्दै आएका थियौं र कहिल्यै पनि नसुध्रिएको देखेर हामी थाकिसकेका छौंँ । यसभन्दा अघि नाट्टाको ‘रोड सो’ मा पनि पर्यटन बोर्डको प्रस्तुतिमा पर्यटन सचिवले चित्त नबुझाएपछि उहाँले बोर्डका सीईओलगायत अन्य अधिकारीलाई पर्याप्त तयारी गरेरमात्र प्रस्तुति दिन निर्देशन दिनुभएको थियो । 

सचिवले चीनको (अहिले चर्चा गरिएको) कार्यक्रममा नेपालसम्बन्धी उत्कृष्ट प्रस्तुति तयार गर्न निर्देशन दिए पनि त्यहाँ गरिएको प्रस्तुति ‘कामै नलाग्ने’ थियो । प्रस्तुतिमा न तस्बिर, न चित्र केही थिएन । भाषणजस्तो नेपालबारे लिखित जानकारीमात्र थियो । यसरी अर्काले करोडौंं लागतको प्रवद्र्धन निःशुल्क गरिदिन त्यति ठूलो मञ्च दिँदा पनि पर्यटन बोर्डले फितलो प्रस्तुति दिँदा ‘दाँतमा ढुंगा लागेजस्तो’ भयो । बोर्डबाट १०÷१० जना जाँदा पनि एकजना नेपालको स्टलमा बसेका थिए भने तीन दिनको कार्यक्रममा बाँकी झल्याकझुलुकमात्र देखिए । देखिनेले पनि जिम्मेवारीसाथ काम गरेनन् ।

Global Ime bank

वर्षौंदेखि पर्यटन व्यवसाय गर्दै आएको अनुभवका आधारमा भन्नुपर्दा अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली पर्यटन प्रवद्र्धन, प्रचारप्रसार र विकासको जिम्मेवारी बोकेको पर्यटन बोर्डजस्तो संस्थाले चीनजस्तो ठूलो बजारमा भएको कार्यक्रमलाई ‘बेवास्ता’ गरेजस्तो देखिने गरी काम गर्नुहुन्थेन । मलगायत चीन पुगेका पर्यटन व्यवसायीको भनाइ यही हो ।

अन्तर्राष्ट्रिय पर्यटन मेलामा पर्यटन बोर्डका केही अधिकारी भत्ता खाएर पोस्टर र पम्प्लेट बाँड्ने नै ठूलो काम हो भन्ने भ्रममा छन् । यो बिल्कुलै मान्य छैन । त्यस्ता कर्मचारीलाई बोर्डबाट नहटाएसम्म विदेशमा नेपालको पर्यटनको प्रवद्र्धन कहिल्यै राम्रो हुनेछैन । 

यसअघि पनि पर्यटन बोर्डले हामीजस्ता चिनियाँ पर्यटक ल्याउन काम गर्ने व्यवसायीसँग सल्लाह गरेर चीनको मेलामा के गर्न सकिन्छ भनेर सोधेको थियो । हामीले विगतमा झैंँ चीनमा प्रवद्र्धन गर्दा चिनियाँ भाषामै हुनुपर्ने, राम्रा भिडियो, तस्बिर र जानकारीसहितको प्रस्तुति हुनुपर्ने सल्लाह दिएका थियाँैं । तर, त्यहाँ पुगेपछि बोर्डको प्रस्तुति हाम्रो सल्लाहभन्दा ठीक विपरीत भएपछि हामी खङ्ग्रङ भयौंँ । 

यस्तो ठूलो अवसर र मञ्चलाई पनि पर्यटन बोर्डले ‘क्यास’ नगरेको देख्दा हामी असाध्यै दुःखी छौँं । बोर्डले अन्तर्राष्ट्रिय पर्यटन बजारमा यस्तो खालको फितलो प्रस्तुति दियो भने नेपालको पर्यटन प्रवद्र्धन हुनुको सट्टा उल्टै नकारात्मक प्रचार हुन्छ । यस्तो प्रस्तुति बोकेर चीन जाने बोर्डका कर्मचारीलाई कामबाट हटाइदिए केही फरक पर्दैन । बोर्डले यसबारे बेलैमा सोचोस् । 

(प्रबन्ध निर्देशक, सुआङ ची टुर्स प्रालि )
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०७५  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC