site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
परराष्ट्रमन्त्री डा महत राष्ट्रसंघीय बैठक र द्विपक्षीय भेटवार्तामा व्यस्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ  । संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा नेपाली प्रतिनिधिमण्डको नेताका रुपमा हाल अमेरिकामा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत विभिन्न देशका प्रतिनिधिमण्डलका नेता एवम् समकक्षीहरुसँग द्विपक्षीय भेटवार्तामा व्यस्त छन् ।
परराष्ट्रमन्त्री डा महत राष्ट्रसंघीय महासभाअन्तर्गत आयोजना भइरहेका विभिन्न बैठकहरुमा सहभागिताका साथै विभिन्न देशका नेता तथा समकक्षीहरुसँग द्विपक्षीय भेटवार्तामा व्यस्त छन् । 
मन्त्री डा महतले गएराति पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफसँग भेटवार्ता गरे । सो भेटका क्रममा उनीहरुबीच पाकिस्तान र नेपालबीचको आपसी हितका साथै पाकिस्तानमा हुन गइरहेको सार्कको आसन्न १९ औँ शिखर सम्मेलनको तयारीका बारेमा पनि कुराकानी भएको थियो । साथै उनीहरुबीच नेपालमा व्यापार र लगानी प्रवर्धनका बारेमा पनि छलफल भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ । 
त्यसैगरी मन्त्री डा महतले गएराति नै नर्वेका विदेशमन्त्री बोर्ज ब्रेन्डेसँग भेटवार्ता गरे । त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्ध विस्तारका विभिन्न क्षेत्रमा कुराकानी भएको थियो । 
मन्त्री डा महतले त्यस भेटका क्रममा नर्वेली मन्त्री ब्रेन्डेले नेपालमा जारी रहेको पुनर्निर्माण कार्यको बारेमा चासो राखेको र त्यस बारेमा मन्त्री महतले पुनर्निर्माणका क्षेत्रमा पछिल्लो समयमा भएका कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी मन्त्री डा महतसँग एसिया तथा प्यासिफिक क्षेत्र हेर्ने बेलायती उपमन्त्री अलोक शर्माले भेट गरे । उनीहरुबीच नेपालमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रम, नेपालको व्यापार र लगानीको अवस्था र युरोपियन युनियनबाट हालै भएको बेलायतको बहिर्गमनबाट यसमा पर्ने प्रभावका साथै पूर्व गोरखा सैनिकको सेवा सुविधा आदिका बारेमा पनि कुराकानी भएको थियो ।    
त्यसैगरी गएराति नै मन्त्री डा महत एसिया कोअपरेशन डायलगको मन्त्रीस्तरीय बैठकमा सहभागी भए । सो क्रममा उनले संसारको कुनै पनि ठाउँको गरिबी सबैतिरका लागि धम्की हो भन्दै गरिबी निवारणका लागि कार्यक्रमहरु लक्षित गर्नुपर्नेमा जोड दिए । 
साथै उनले ऊर्जा, पर्यटन, सांस्कृतिक बिकासलगायतका क्षेत्रमा हुनसक्ने क्षेत्रीय विकासका बारेमा सोच्नुपर्ने बताए । साथै उनले अतिकम विकसीत र भूपरिवेष्ठित राष्ट्रहरुको समतामूलक, समावेशी र दिगो विकासमा जोड दिन सबैसँग आग्रह पनि गरे ।   
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७३  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC