site stats
बाह्रखरी :: Baahrakhari
राजनीति

न्यु योर्क, ६ असोज । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र सङ्घको ७१आँै महासभामा भाग लिन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा महत र प्रधानमन्त्री सरिफबीच भएको भेटवार्तामा दुई देशको सम्बन्ध एवम् आपसी चासोका विषयमा कुराकानी भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को आगामी १९आँै शिखर सम्मेलनका बारेमा समेत कुराकानी भएको परराष्ट्रमन्त्री डा महतले जानकारी दिए ।

भेटवार्तामा प्रधानमन्त्री सरिफले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सफल कार्यकालको कामनासमेत गरे ।  प्रधानमन्त्री सरिफले सार्कको शिखर सम्मेलनका क्रममा नेपाल भ्रमण गरेको र आगामी सम्मेलन पाकिस्तानमा आयोजना हुने विषयमा भएका प्रयास एवम् द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको मन्त्री महतले जानकारी दिए ।  मन्त्री महतले प्रधानमन्त्री सरिफले सार्क सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए ।

त्यस्तै भेटवार्तामा द्विपक्षीय आर्थिक तथा अन्य चासोका विषयमा समेत दुवै मुलुक मिलेर काम गर्ने विषयमा महत्वपूर्ण छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए । रासस

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७३  ०७:५३
प्रतिक्रिया दिनुहोस्