site stats
बाह्रखरी :: Baahrakhari
देश
हिसान, प्याब्सन र एन प्याब्सनको आपतकालीन बैठक बस्दै, सरकारले सुरक्षा नदिए चलाउन सक्दैनौ : हिसान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडाैं । सरकारले सुरक्षा नदिए विद्यालय चलाउन नसक्ने विद्यालय सञ्चालकहरुले बताएका छन् ।  हिसान, प्याब्सन र एनप्याब्सनको आपतकालीन बैठक बसेर निर्णय गर्ने उनीहरुले जनाएका छन् ।  जोरपाटी पुगेका हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले आइडल मोडल स्कूलको बस जलाउने समूहले नै अहिले विभिन्न स्कूल अगाडि बम राखेको बताए ।  उनले उक्त समूहले अहिलेसम्म कुनै माग नराखेको बताए । विद्यालयमा बम फेला परेपछि विद्यार्थी र अभिभावक त्रसित रहेको उनले बताए ।  त्यसैगरी ललितपुरको रेडियन्ट रिडर्सका प्रिन्सिपल तथा प्याब्सनका महासचिव डीके ढुंगानाले पनि सरकारले सुरक्षा नदिएसम्म विद्यालय सञ्चालन गर्न नसकिने बताए । 
 
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७३  ०९:४८
प्रतिक्रिया दिनुहोस्