site stats
बाह्रखरी :: Baahrakhari
देश
जोरपाटीका अाठ, बल्खु र ललितपुरका १ / १ स्कूलमा बम, नेपाली सेनाको टोलीद्वारा डिस्पोज
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । काठमाडौंका ८ र ललितपुरका एक स्कूल अगाडी विहानै फेला पारेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
काठमाडौं जोरपाटीका मनकामना उच्चमावि, राई स्कूल, बालसंसार प्राइमरी स्कूल, इस्टपोल उमावि,एम्बास्डर स्कूल, बुद्ध प्रकाश सेकेन्डरी स्कूल, माउन्ट युराल र अाकाशद्विप स्कूल अगाडी बम फेला परेको थियो ।
मनकामना उच्च मावि अघि विहान ४ बजे नै पेट्रोल बम हानिएको थियो । गेटमा सामान्य क्षति पुगेको छ । अरु केही नभएको विद्यालयको प्रधानाध्यापक भवानी प्रसाद पौडेलले जानकारी दिए ।
अन्य स्कूल अगाडि फेला परेको बम पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।  “शक्तिशाली बम होइन रहेछ,”काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले भने,“सर्वसाधारणलाई तर्साउनका लागि मात्रै राखिएको हो ।”
बमसँगै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्युनिष्ट फोर्स नेपाल केन्द्रीय समितिले पर्चा फालेको छ ।  निजी स्कुलको नाममा राष्ट्रिय स्वाभिमान बेच्न नपाइने, द्वैध शिक्षा नीतिको अन्त्य हुनुपर्ने, आर्थिक अभावकै कारणबाट शिक्षाबाट वञ्चित हुने व्यवस्थाको अन्त्य गरिनुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।
त्यसैगरी डल्लुको कन्चनजंगा स्कूल र ललितपुरको रेडियन्ट रिडर्स एकेडेमी अगाडि बम राखिएको थियो ।  ललितपुरमा भेटिएको बम नेपाली सेनाको टोलीद्वारा डिस्पोज गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।  
 
 
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७३  ०८:२७
प्रतिक्रिया दिनुहोस्