site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेले बसन्तपुरमा जब ‘मयुर नचायो’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेकपा एमालेले सोमबार काठमाडौँको वसन्तपुरमा छुट्टै संविधान दिवस मनाएको छ । काठमाडौं जिल्ला संगठन कमिटीले आयोजना गरेको जनसभामा उल्लेख्य एमाले समर्थक नेता कार्यकर्ता भेला भएका थिए । 
सरकारबाट बर्हिगमनपछि एमालेले सार्वजनिक स्थानमा आयोजना गरेको यो आमसभा पहिलो हो । त्यसैले पनि आमसभामा एमालेको के धारणा आउँछ चासोको विषय हुने नै भयो । 
आमसभाको सुरुमै एमाले काठमाडौँका अध्यक्ष कृष्ण राइले सरकारको संविधान दिवसलाई नौटंकीको संज्ञा दिँदै त्यसको कुनै औचित्य नभएको बताए । 
“सरकारले मनाएको संविधान दिवस केवल नाटक हो, जनतालाई उल्लासमय यो अवसरमा सहभागी गराउनसमेत नसक्ने गरी के संविधान दिवस मनाउनू ?,” उनको प्रश्न थियो । 
उनले सभामुख ओनसरी घर्ती विदेश जानुपर्ने भएकाले अघिल्लो दिन नै दिवसको औपचारिकता पूरा गरिएको भन्दै कटाक्ष पनि गरे ।
सरकारले आयोजना गरेको संविधान दिवसमा एमाले सहभागी भएन । विपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी ओली संविधान दिवसमा सहभागी हुनुपर्ने हो । तर, उनी उपस्थित भएनन् । 
कार्यक्रममा जिल्ला अध्यक्ष राइले नै भने, “सरकारले संविधान दिवस हर्षोल्लासपूर्वक मनाउनुपर्ने थियो, आम जनतालाई त्यो उत्साहमा सहभागी गराउनुपर्ने थियो तर सरकार त्यसमा असफल रह्यो ।”
उनले अगाडि भने, “कुनै पनि दलले संविधान दिवसलाई महत्व दिएको पाएनौँ त्यसैले एमालेले जनसभाकै आयोजना गरेर दिवस मनाएको हो ।”
त्यसो त एमाले आफैँले आयोजना गरेको कार्यक्रममा एमालेकै सबै नेता उपस्थित थिएनन् । कार्यक्रममा सवै शीर्षस्थ नेतालाई आमन्त्रण गरिए पनि वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल अनुपस्थित थिए ।
उनीहरू पार्टीको अन्य कार्यक्रममा सहभागी भएको भनेर पटक–पटक उद्घोषकले स्पष्टिकरण दिइरहेका थिए । आयोजक  काठमाडौं जिल्ला कमिटी भए पनि एमाले माथिल्लो कमिटीले नै संविधान दिवसको दिन आमसभा गर्ने बताएको थियो । 
कार्यक्रममा अधिकांश वक्ताले सरकारको कार्यशैली र प्रधानमन्त्रीको भर्खरै सम्पन्न भारत भ्रमणको आलोचना गरे । उनले यही अवस्थामा संविधान संशोधनको औचित्य नभएको भन्दै एमालेलाई विश्वासमा नलिएसम्म संविधान संशोधन हुनै नसक्ने बताए । 
त्यस्तै अध्यक्ष केपी ओलीले त प्रधानमन्त्री प्रचण्डले जनआकांक्षा पूरा गर्नै नसक्ने ठोकुवा गर्दै प्रधानमन्त्री प्रचण्डलाई भारतले ‘हरियो घाँस देखाएर सत्ताको लोभमा फसाएको’ टिप्पणी गरे । 
उनले सरकारलाई संविधान कार्यान्वयनको भन्दा संविधान संशोधनको चिन्ता भएको भन्दै सरकारले संविधानको रक्षा गर्नै नसक्ने पनि बताए । 
प्रधानमन्त्रीको भारत भ्रमण राप्रपा नेपालका अध्यक्ष कमल थापाले भनेजस्तै ओहोदाको प्रमाण पत्र बुझाउन गएजस्तो त भएको होइन भन्दै उपाध्यक्ष वामदेव गौतमले टिप्पणी गरे, “मलाई पत्यार त छैन प्रधानमन्त्रीज्यू आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन जानुभएको त होइन ? तर भन्नेले त भने नि !”
कार्यक्रमको आकर्षण केन्द्र बनेको थियो मयुर नाच । कलाकार समीर ढंगोलले उक्त नाच देखाएका थिए । 
केही दिन अघि प्रधानमन्त्री प्रचण्डले संसद्मा गरेको सम्बोधनलाई ‘मयुर नाच’को संज्ञा दिने एमालेले आइतबार वसन्तपुरमा आफैंले मयुर नचाएको भनेर केही सहभागीहरूले हँसीमजाक समेत गरेका थिए । 
 
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७३  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC