site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मधेशका नेता सत्यनारायण मण्डलले एमालेसँग दुस्मनी मोलेर संविधान संशोधन हुनै नसक्ने जिकिर गरे ।  संविधान संशोधन गर्ने हो भने एमालेलाई विश्वासमा लिनुपर्छ अन्यथा कसरी सम्भव हुन्छ ? उनको टिप्पणी थियो । 
संविधान दिवसको अवसरमा नेकपा एमाले काठमाडौँ संगठन कमिटीले आयोजना गरेको जनसभामा उनले संविधान पूर्ण दस्तावेज हुन नसक्ने बताउँदै जनताको माग र चाहना बमोजिम संशोधन हुने तर विदेशीको उक्साहटमा लाग्न नहुने प्रष्ट पारे । 
“मलाई यो भन्न कुनै डर र संकोच छैन, सडकमा उफ्रने मधेसी दल तराईका जमिनदार हुन्, उनीहरूले छिमेकीलाई इनार छुन त दिँदैनन्,” उनले प्रश्न गरे, “ती कसरी तराईका शोषित पीडितको पार्टी हुन सक्छन् र उनीहरूको प्रतिनिधित्व गर्न सक्छन् ?”
उनले संविधान जलाउनेहरू विखण्डनको बाटोमा हिँडेको बताउँदै ती नेपालका नागरिक हुनै नसक्ने बताए ।  “विदेशीको भात खाएर नेपालमा नाकाबन्दी गर्ने कसरी देशको नागरिक हुन सक्छन् ?” उनले प्रश्न गरे ।
उनले केही दलले संविधान बनाउन, घोषणा गर्न खुट्टा कमाएका बताउँदै तिनैले कार्यान्वयन गर्न पनि डराइरहेको बताए ।  कसैले मधेस र पहाडबीच विद्वेश पैदा गर्दैमा मधेका जनता त्यसैको पछाडि नलाग्ने बताउँदै मधेसवादी दलका नेता मधेसी जनताको नजरमा गिरिसकेको टिप्पणी गरे । 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७३  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC