site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

इनरुवा । शनिबार सुनसरीको प्रकाशपुर गाविस–५ राजावासस्थित सप्तकोसी नदीमा भएको डुङ्गा दुर्घटनाको विषयमा छानबिन समिति गठन भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले सप्तकोसी नदीमा डुङगा दुर्घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको सुनसरीका प्रजिअ मोहनबहादुर चापागाईंले जानकारी दिए ।

बैठकले सहायक प्रजिअ कमल थापाको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरे र राष्ट्रिय अनुसन्धानका अधिकृत मेघराज कँडेल रहेका छन् ।  समितिले सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । समितिलाई दुर्घटनाको कारण, बेपत्ताहरुको यकिन सङ्ख्या र बारम्बार हुने दुर्घटनाको कारण, समस्या र समाधानसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ ।  श्रीलङ्का टापूबाट यात्रु लिएर आइरहेको डुङ्गा सप्तकोसी नदीमा दुर्घटना हुँदा १३ जना बेपत्ता भएको जिप्रका, सुनसरीले जनाएको छ । बेपत्तामध्ये १० जनाको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरु जीवितै भेटिने सम्भावन कम भएको प्रहरीले जनाएको छ । बेपत्ताको सङ्ख्या फरकफरक बाहिरिरहँदा प्रहरीले भने १३ जना मात्रै सम्पर्कविहीन रहेको स्पष्ट पारेको छ । बेपत्ता भएकाको खोजी कार्य आज तेस्रो दिनसमेत जारी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७३  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC