site stats
बाह्रखरी :: Baahrakhari
देश
‘भूकम्पपीडितको लागि बाँड्न लागेका ट्याक्सीहरू दलालीको नाममा दर्ता भयो’
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपाल लोकतान्त्रिक यातायात मजदुर संगठनले सरकार समक्ष १९ बुँदे माग पेस गरेको छ । 
आइतबार रिपोर्टर्स क्लब नेपालमा संगठनले पत्रकार सम्मेलन गरेर हालै भूकम्पपीडितको लागि बाँड्न थालेको ट्याक्सीहरू दलालहरूले आफ्नो नाममा बनाउन लागेको दाबी गर्दै विभिन्न माग पेश गरेको हो ।
संगठनले पीतिडतका नाममा दर्ता भएका ट्याक्सीहरू १० वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था गर्नुपर्ने, २० वर्षे पुराना प्राइभेट गाडिहरूको दर्ता खारेज गर्नुपर्ने, एक अञ्चलमा दर्ता भएका ट्याक्सीहरूले एउटा अञ्चलभरी चल्न पाउने गरी एउटा रोड परमिट लागु गर्नुपर्ने लगायतका १९ बुँदे माग अघि सारेको छ । 
कार्यक्रममा बोल्दै अखिल नेपाल क्रान्तिकारी मजदुर संगठन्का सह–महासचिव सुर्य तामाङ्ले भौतिक संरचना निमार्ण नगरि नियम अनेक लागु गर्न खोजेको बताउँदै भने, “नियम विदेशको लगाउने, कारवाही विदेशको लगाउने, अपमानजनक शब्द प्रयोग गर्ने, भौतिक पूर्वाधार नभएको अवस्थामा पनि मजदुरहरूले सवारीको व्यवस्थापन गरेर आफू र परिवारको जिन्दगीचलाईरहेको अवस्थमा अन्यायपूर्ण तरिकाले राज्यलाई करपनितिरेका छौँ ।” 
कार्यक्रममा नवराज पन्त, नवराज दाहाल लगायतले संगठनका मागहरूका बारेमा प्रकाश पारेका थिए । 
 
प्रकाशित मिति: आइतबार, असोज २, २०७३  १७:०९
प्रतिक्रिया दिनुहोस्