site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘संवैधानिक रिक्तता निम्त्याउने षड्यन्त्र भइरहेको छ’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले संविधान कार्यान्वयन प्रक्रिया जटिल बनाएर संवैधानिक रिक्तता निम्त्याउने षड्यन्त्र भइरहेको बताएका छन्। 
आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले मधेसको माग स्पष्ट नभएको जिकिर गर्दै संविधान संशोधनको अनावश्यक हल्ला चलाएर देशमा अन्योल सिर्जना गर्न खोजिएको बताए । 
उनले टीकापुर घटना राजनीतिक नभई जघन्य अपराध र विभत्स हत्याकाण्ड भएको बताउँदै मधेस आन्दोलनका नाममा घटनाका मुद्दा फिर्ता लिने सरकारको पहलले दण्डहीनता र अराजकता बढाउने बताए । 
 
निर्वाचन माग 
एमाले ७ नं प्रदेश संयोजक रावलको अध्यक्षतामा यहाँ शनिबार बसेको प्रदेश सङ्गठन कमिटीको बैठकले सबै तहका निर्वाचनको कार्यतालिका सार्वजनिक गरी अविलम्ब निर्वाचन गर्न सरकारसँग माग गरेको छ । 
बैठकले एमाले नेतृत्वको संयुक्त सरकारको बेला व्यवस्थापिका संसद्बाट पारित भएका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्नुपर्ने तथा अघिल्लो सरकारले दिएको मापदण्डको कार्यान्वयन गर्दै जनताका सेवासुविधालाई ध्यान दिएर स्थानीय निकायको पुनःसंरचना गर्नुपर्ने लगायत माग गर्ने निर्णय पनि गरेको छ । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७३  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC