site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मायाँ लुकी लुकी.... करोड क्लब नजिक

काठमाडौं । गायिका टिका प्रसाईंको स्वरमा रहेको गीत ‘मायाँ लुकी लुकी...’ करोड क्लबको नजिक पुगेको छ । जुन ७ मा प्रसाईंले आफ्नै युट्युब च्यानलमा अपलोड गरेको गीत एक महिनामै करोड क्लबको नजिक पुगेको हो । 

युट्युब भिवर्सका आधारमा अहिलेसम्म चलचित्र दुई रुपैयाँको गीत ‘कुटुमा कुटु..’ सबैभन्दा छिटो करोड क्लबमा प्रवेश गर्ने गीत हो । ‘कुटुमा कुटु..’ ४९ दिनमा १ करोड ५ लाख पटक सर्च भएको थियो । “यसअघि कुटुमा कुटु..’ले यसअघिका सबै रेकर्ड ब्रेक गरेको थियो, ‘मायाँ लुकी लुकी...’ को ३४ दिनमा करोड भ्यू पुग्न लागेको छ,” गायिका प्रसाईंले भनिन्, “झण्डै दैनिक तीन लाखका दरले यो गीत हेरिरहनु भएको छ । यही अनुपातमा सर्च हुँदै जाने हो भने यसअघिको रेकर्ड ब्रेक हुनेछ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘मायाँ लुकी लुकी...’ आनन्द अधिकारीले लेखेका हुन् भने आशिस अविरलको संगीत भरेका छन् । काटूर्न क्रिउ गीतको म्युजिक भिडियोमा छ । कोरियोग्राफी काटूर्न क्रिउले गरेको भिडियोको निर्देशन काटूर्न क्रिउ का सरोज अधिकारीले गरेका छन् ।

ओसियाना एजुकेसन सोलुसनद्वारा आयोजित मायाँ लुकी लुकी...गीतको कभर डान्स भिडियो  कम्पिटिसन सुरु भैसकेको छ । अक्टोबर ३१ सम्ममा कभर भिडियो तयार पारी पठाइसक्नु पर्नेछ । उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार दिइने पनि प्रसाईंले बताइन् । तिमी भन्छौ भने म तिम्रै हुँ, नाइँ मलाई थाहा छैन, एउटा कुरा भनुम्,  चट्ट सलाम, सेल्फिको जमाना, तिम्ले साथ दिदा ,कान्छी रे,  परेँ माया जालैमा, नतोडन, पहिलो भेटैमा उनले गाएका गीत हुन् । 

प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १६:५६
प्रतिक्रिया दिनुहोस्