site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरा–बागलुङ सडक सञ्चालन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
पर्वत । गए रातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन भएको छ । 
कुश्मा नगरपालिका–११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको थियो । बाढीले ठूलो मात्रामा ढुङ्गामाटो बगाएर सडकमा थुपारेपछि र खोला नजिकै पहिरो खसेपछि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 
सडक डिभिजन कार्यालय बागलुङबाट आएको डोजर र सुरक्षाकर्मीको पहलमा पहिरो पन्छाइएपछि सडक सञ्चालन भएकोे जिल्ला ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । सडक खुलेपछि धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र कुश्माबाट बिहानी सेवामा छुटेका लामो तथा छोटो दूरीका साधन गन्तव्यतर्फ लागेका छन् भने अन्यबाट धौलागिरितर्फ आएका रात्रिसेवाका सवारी साधन पनि छुटेका छन् । रासस 
 
प्रकाशित मिति: आइतबार, असोज २, २०७३  ११:५७
प्रतिक्रिया दिनुहोस्