बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भलले बगाएर एकको मृत्यु, एक बेपत्ता
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, असोज २, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

पोखरा । पोखरामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण बजारमा आएको भलले बगाउँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

पोखरा उपमहानगरपालिका वडा नं १६ लामाचौर, गैराबारीका ५६ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको हो । भलले बगाएर घाइते भएका थापालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा–१७ विरौटा चोकबाट भलले बगाउँदा एक व्यक्ति बेपत्ता भएका छन् । हुलिया खुल्न नसकेका उनको फेवा सिँचाइ नहर बिरुवा फाँटमा खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढीकै कारण जोखिममा परेका पोखरा–२६ चङ्खपुरका १३ जनालाई प्रहरीले राति नै उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो । रासस

Nepal Investment bank
Nepal Investment bank
आइतबार, असोज २, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्