site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जघन्य अपराधका घटनालाई ढाकछोप गर्न खोज्दा अन्ततः कसैको पनि भलो हुँदैन भन्ने उदाहरण गोरखा फुजेलका  कृष्णप्रसाद अधिकारीको हत्याको घटना हुन पुगेको छ । बालक कृष्णप्रसादको हत्या गर्नुपर्ने कुनै कारणै देखिँदैन । हत्या गरेपछि त्यसलाई माओवादी नेताहरूले अगाडि सरेर दोषीलाई कारबाहीबाट जोगाउनु पर्ने त झन् कुनै तुक थिएन । बालक छोरा मारिएपछि न्याय खोज्ने नन्दप्रसाद र गंगामाया अधिकारीलाई माओवादी नेता, कार्यकर्ता र सरकारी अधिकारीहरूले दिएको अमानवीय सास्तीको त औचित्य झन् हुने कुरै भएन । 
बालक छोराका हत्यारामाथि कारबाही होस् भन्ने माग राखेर अनशन बसेका नन्दप्रसाद अधिकारीले सत्ताधारीहरूको लाचारी र अहंकारका कारण जीवन गुमाए । नेपालको शासनसत्तामाथि लागेको यो कलंक इतिहासमा कहिल्यै मेटिनेछैन । सर्वोच्च अदालतको आदेश पालना होस् र हत्याका अभियुक्तलाई कारबाही होस् भन्ने माग राखेर अहिले पनि गंगामाया अनशनमै छिन् । यस्तो अवस्थामा हत्याका प्रमुख षड्यन्त्रकारी मानिएका र सर्वोच्च अदालतले समेत पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको व्यक्ति छविलाल पौडेलले सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण गरेका छन् ।

छविलालको आत्मसमर्पणले गंगामायाको माग आंशिकरूपमा पूरा भएको छ । हत्याको मुख्य अभियुक्त भनिएको रुद्र आचार्य विदेशमा लुकेर बसेकाले निजलाई झिकाउन नेपाल प्रहरीले पत्राचारसमेत गरेको समाचार धेरै पहिले नै सार्वजनिक भएको थियो । तर, नेपाल प्रहरीले पठाएको पत्र नेपालकै परराष्ट्र मन्त्रालयले लुकाएर राखेको हालै खुलासा भएको छ । यसैले विदेशमा लुकेको हत्याको अभियुक्त अहिलेसम्म पक्राउ परेको छैन । गंगामायाको अनशनले सरकारमाथि दबाब बढ्दै गएपछि माओवादी नेता छविलालले आत्मसमर्पण गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सुरु अदालतले छविलाललाई धरौटीमा छाडेको र पुनरावेदन अदालतले सुरु अदालतकै निर्णय सदर गरेपछि छविलाल धरौटीमा रिहा भएका थिए । सर्वोच्च अदालतले धरौटीमा छाड्ने तल्ला अदालतको आदेश २०७२ साल पुस ६ गते बदर गरी छविलाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । तर, छविलालले सर्वोच्च अदालतको आदेशको अवज्ञा गरे । थुनामा फर्केनन् । उनलाई पक्रेर थुनामा राख्न प्रहरीले आँट पनि गरेन । बरु, माओवादी नेताहरूले छविलाललगायतका अभियुक्तको साटो आफूलाई पक्रेर थुन्ने चुनौती राज्यलाई दिएका थिए ।

केही दिन पहिले मात्रै पनि गृहमन्त्रीले हजारौं गंगामाया छन् भन्दै गंगामाायको अनशनलाई अर्थहीन सिद्ध गर्ने प्रयास गरेका थिए । माओवादी नेताहरूले आफ्ना कार्यकर्ताले घरायसी रिसइबीबाट गरेको कृष्णप्रसाद अधिकारीको हत्यालाई राजनीतिकरूप दिएर सत्ताको घमण्डमा अधिकारी दम्पतीको न्यायको याचनालाई कुल्चने दुस्साहस नगरेका भए सम्भवतः नन्दप्रसादको ज्यान जाने थिएन र गंगामायाको पनि त्यस्तो अवस्था हुनेथिएन । माओवादी विद्रोह कालमा माओवादी कार्यकर्ता वा सुरक्षाकर्मीबीच भएको प्रत्यक्ष मुठभेडबाहेक अरू हत्या, अपहरण, बलात्कार र बेपत्ता बनाइएका घटना स्पष्टरूपमा फौजदारी अपराध हुन् । त्यस्ता घटनालाई नियमित न्यायिक प्रक्रियाद्वारा टुंगो लगाउनु स्वाभाविक र न्यायोचित हुन्छ ।

Global Ime bank

गंगामायाले छविलालको आत्मसमर्पणलाई ‘नाटक‘ हो कि भन्ने शंका गरेको समाचार सार्वजनिक भएको छ । बालकृष्ण ढुंगेलको सजाय मिनाहा बारे थाहा पाउने जोसुकैलाई पनि यस्तो शंका लाग्छ नै । सर्वोच्च अदालतले आत्मसमर्पण नगरेकाले बालकृष्ण ढुंगेललाई सजाय मिनाहा दिन नमिल्ने निर्णय गरेको थियो । अहिले ढुंगेललाई सजाय मिनाहा गर्दा सरकारले सर्वोच्चको त्यो नजिर मिचेको छ । तैपनि छविलालका लागि त अब सजाय मिनाहा गर्ने बाटो खुल्यो । यद्यपि, मुद्दा टुंगो लागेर सजाय तोकिएपछि मात्र सजाय माफीको बाटो खुल्छ ।

छविलालको आत्मसमर्पण सरकारले नै मञ्चन गरेको नाटक हो भन्नेमा दुबिधा नहोला । तर, अदालतले थुनामा राखेको व्यक्तिलाई सरकारले बिरामीको बहाना बनाएर अस्पतालमा राख्न सक्छ तर कैद मुक्त गर्न सक्तैन । यसैले अब गंगामायाले अनशनमा पुनर्विचार गर्नु उचित हुनेछ । परराष्ट्र मन्त्रालयले दबाएको पत्र बेलायत सरकारलाई पठाउने र सरकारका तर्फबाट आधिकारिक व्यक्तिले गंगामायासँग रुद्र आचार्यलाई झिकाउने प्रतिबद्धता प्रकट गरे उनलाई अनशन भंग गर्न मन बुझाउने बाटो हुनेछ । यसैले सरकारले यो अवसर नगुमाई यथाशीघ्र अग्रसरता देखाउनु बुद्धिमानी हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०७५  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC