site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
ह्वाट्स एपमा गलत म्यासेज, छात्रले गरे आत्महत्या

बीबीसी । सामाजिक सञ्जालमा विचार नै नपुर्याएर शेयर गरिने सन्देशहरु कति खतरा हुन सक्छन् भन्ने उदाहरण सार्वजनिक भएको छ । ह्वाट्स एपमा गलत म्यासेज शेयर गरिए पछि एक मेडिकल छात्र एडवर्ड सीनियरले आत्महत्या गरेका छन् । 

अनुसन्धानका क्रममा ह्वाट्स एन म्यासेजमा एडवर्डको आफ्नै सहपाठी एक युवतीसँग सम्बन्ध रहेको कुराहरु उल्लेख गरिएको पाइएको छ । वेल्सको न्यूपोर्ट सहरको कोरोनर (मृत्युको समीक्षा गर्ने) अदालतले एडवर्ड सीनियरको सम्बन्धका बारेमा निजी म्यासेज सुने, जसालाई सयौं मानिसहरुको बीचमा फैलाई सकिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एडवर्ड सीनियर स्वानजी युनिभर्सिटीमा अध्ययनरत थिए । उक्त म्यासेजका बारेमा उजुरी पनि दर्ता भएको थियो र सजाय स्वरुप युनिभर्सिटीले उनलाई एक कक्षाबाट निष्कासन गरेको थियो । 

२२ वर्षिय एडवर्डले कक्षा कोठाबाट बाहिर निकालिएको घटनाले आफ्नो बेईज्जत भएको महशुस गरे र उनले आत्महत्याको बाटो रोजे । उनको शव मानमुथशायर सहरस्थित घर नजिकै डोरी भुण्डिएको अवस्थामा फेला पर्यो । 

‘‘यो म्यासेजको विषयमा उनको परिवारले साथ दिए पनि उनलाई घटनाले दिएको तनावबाट मुक्त हुन सहज थिएन, ’’ वरिष्ठ कोरोनर वेंडी जेम्सले भने, ‘‘उनी कुन अवस्थामा एि भन्ने बारेमा दावीका साथ त भन्न सकिदैन तर एक्लोपना र असहज महशुस गरिरहेका हुन सक्छन् । युवाहरुले गल्ती गर्नु कुनै असामान्य कुने होइन तर पनि उनको एक गल्ती नै सबैभन्दा ठूलो गल्ती बन्न पुग्यो ।’’

छानविनले ह्वाट्स एप पोस्ट फैलाइए पछि उजुरी दर्ता गरेर फेब्रुअरी मै सीनियरले आत्महत्या गरेका थिए । घटना पछि एडवर्ड मानमुथशायर सहरको रागलनस्थित घर फर्किएका ती मेडिकल छात्र असामान्य देखिन्थे । 
https://www.bbc.com/hindi/social-44734352

प्रकाशित मिति: सोमबार, असार २५, २०७५  ०५:३२
प्रतिक्रिया दिनुहोस्