site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
अन्तरिक्ष यात्रीलाई सुरक्षित फिर्ता ल्याउने प्रविधि अब भारतसँग पनि 

बीबीसी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) लाई मानव मिशनको क्षेत्रमा एक ठूलो सफलता प्राप्त भएको छ । इसरोले अन्तरिक्ष यात्रीहरुको सुरक्षामा ठूलो कदम मानिने ‘क्रु एस्केप सिस्टम’ को सफल परीक्षण गरेको छ । 

‘क्रु एस्केप सिस्टम’ अन्तरिक्ष अभियान रोक्नुपर्ने स्थितिमा अन्तरिक्ष यात्रीहरुलाई सुरक्षित रुपमा फिर्ता ल्याउन सहयोगी हुन्छ । यसअघि केवल तीन देशहरु अमेरिका, रूस र चीनसँग मात्रै यो सुविधा थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार पाँच घण्ट चलेको उल्टो गणना पछि श्रीहरिकोटाको सतिश धवन अन्तरिक्ष केन्द्रबाट डमी क्रु मोड्युलका साथ १२.६ टन तौल भएको ‘क्रु एस्केप सिस्टम’ को बिहान ७ बजे परीक्षण गरिएको छ । यो परीक्षण २५९ सेकेण्डमा सफलतापूर्वक सम्पन्न भएको बताइएको छ । 

परीक्षणका दौरान क्रु मोड्युलका साथ ‘क्रु एस्केप सिस्टम’ लाई आकाशमा उडाएर श्रीहरिकोटाबाट २.९ किलोमिटर टाढा बंगालको खाडीमा प्याराशुटको सहायतामा अवतरण गरिएको थियो । 
https://www.bbc.com/hindi/science-44727116

प्रकाशित मिति: आइतबार, असार २४, २०७५  ०९:०६
प्रतिक्रिया दिनुहोस्