site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इनरुवा, १ असोज । सुनसरीको प्रकाशपुर गाविस–५ राजावासस्थित सप्तकोसी नदीमा शनिबार दिउँसो डुङ्गा डुबेको छ ।

सप्तकोसी नदीको बीचभागमा पर्ने श्रीलङ्का टापूबाट यात्रु लिएर प्रकाशपुरतर्फ आउँदै गरेको डुङ्गा डुबेको प्रहरीले जनाएको छ । चिलैयाघाटबाट प्रकाशपुरतर्फ हिँडेको डुङ्गा नदीको बीचभागमा डुब्दा ३७ जनाको जीवितै उद्धार गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दाउरा खोज्न नदीमा गएका अर्को डुङ्गामा रहेका केही युवाको सहयोगमा २३ जनाको उद्धार सम्भव भएको थियो । डुङ्गा डुबेको खबर पाएसँगै पुगेको नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले थपको उद्धार गरेको थियो । डुङ्गामा कति यात्रु सवार थिए भन्ने साँझसम्म पनि यकिन हुन नसक्दा कोसी नदीमा हराएकाहरुको पूर्ण विवरण भने प्राप्त हुन नसकेको सुनसरीका प्रहरी नायब निरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

सुनसरी प्रशासनले आठजना बेपत्ता भएको हुनसक्ने अनुमान गरे पनि डुङ्गा दुर्घटनामा परी उद्धारमा परेकाहरुले ६० जनाभन्दा बढी यात्रु सवार रहेको र कम्तीमा १५ जना बेपत्ता हुन सक्ने बताएका छन् । आफू पानीमा डुबेर पनि छ महिने काखे छोरीलाई बचाएको दुर्घटनामा परेकी महिला दुर्गा कविरथले बताइन् । कोसी क्षेत्रमा दिउँसोबाटै भारी वर्षा भएपछि उद्धारमा कठिनाइ भएको छ । हराएकाको खोजीका लागि कोसी ब्यारेजसहित नदी किनारमा सुरक्षाकर्मी परिचालन गरिएको सुनसरीका प्रजिअ मोहन चापागार्इंले जानकारी दिए । श्रीलङ्का टापूबाट डुङ्गा चढी हिँडेकाहरु प्रकाशपुरमा लाग्ने हटियाका लागि आएका थिए । गत वर्षसमेत कोसी नदीमा डुङ्गा दुर्घटना हुँदा पाँचजना बेपत्ता भएका थियो । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १, २०७३  २१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC