site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चुनौतीको सामना गर्दै सरकार अघि बढ्छः मन्त्री केसी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
भक्तपुर । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारका अगाडि चुनौतीको पहाड रहेपनि सामना गर्दै अगाडि बढ्ने बताएका छन् ।  
नेपाली कांग्रेस भक्तपुर नगर समितिको कार्यालयको शनिबार यहाँ उद्घाटन गर्दै उनले भने, “विसं २०७४ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने, मधेसी मोर्चालगायत असन्तुष्ट पक्षलाई मिलाएर संविधान कार्यान्वयन गर्नुपर्ने र यसअघिको सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्ने चुनौती छ, त्यसका निकै अप्ठ्याराहरु रहेका छन् ।” 
आवश्यकताअनुसार संशोधन गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । 
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले संविधान कार्यान्वयनको पाटोलाई मजबुद बनाउँदै जनताको पक्षमा सरकार उभिनुपर्नेमा जोड दिए । रासस 
प्रकाशित मिति: शनिबार, असोज १, २०७३  १२:४१
प्रतिक्रिया दिनुहोस्