site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महिला सङ्घमा रेग्मी विजयी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ। नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी विजयी भएकी छन् । 
शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान शनिबार बिहान सकिएको थियो । रेग्मी त्यसभन्दा अघि विसं २०५८मा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट पनि विजयी भएकी थिइन् । 
रेग्मी निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेलाई दुई सय दुई मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । रेग्मीले ९९८ र पाण्डेले ७९६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिइन्। 
यस्तै महासचिवमा धना खतिवडा ९९८ मतले विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७७६ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा जानकी सिंह ९११ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका प्रतिद्वन्द्वी कुसुमदेवी थापाले ८०३ मत प्राप्त गरेकी छन् । 
दुई हजार ११४ मतदाता रहेको उक्त निर्वाचनमा एक हजार ८१४ जनाले मतदान गरेका थिए । कुल ५६ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए । निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्ष एक एक, खुल्ला केन्द्रीय सदस्य २२, प्रदेश केन्द्रीय सदस्य प्रतिप्रदेशमा तीन जनाका दरले २१, जनजाति, दलित, मधेसी तीन तीन तथा मुसलमान एक केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।  
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १, २०७३  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC