site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । भूकम्पपछि उद्धार तथा राहत वितरण गर्ने नाममा नेपाल आई समूह नै गठन गरेर लुटपाट गर्ने नेपाली मूलका एक क्यानेडियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले भदौ ३० गते नेपाली मूलका क्यानेडियन नागरिक रविन गुरुङसहित तीनजनालाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो । 
रुपन्देहीको सिद्धार्थनगरमा जन्मेका गुरुङ परिवारसहित क्यानडामा बस्छन् । २७ वर्षीय गुरुङले क्यानडाको नागरिकता लिएका छन् । 
०७२ वैशाख १२ गते भूकम्प गएपछि उद्धार तथा राहत वितरण गर्ने भन्दै नेपाल आएका गुरुङ राहतको सट्टा समूह गठन गरी लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ । नेपाल आएर अरू दुईजना खोजी उनीहरूलाई तालिम दिएर गुरुङ लुटपाटमा लागेका थिए । उनले गोरखा वारपाक–१ का २४ वर्षीय जिवानी गुरुङ र रामेछाप गेलु गाविस–७ का विष्णु मगरलाई चोरी÷लुटपाट कसरी गर्ने र प्रहरीबाट कसरी बच्ने भन्ने तालिम दिएर लुटपाटमा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
प्रहरीका अनुसार उनीहरूले भदौ १६ गते काठमाडौंको वनस्थलीस्थित अनिश रेमिटबाट दुई लाख रुपैयाँ नदिए अपहरण गरी हत्या गर्ने धम्की दिएका थिए । सञ्चालकले ‘आज पैसा छैन, चेक दिन्छु’ भनेपछि ‘दुई दिनमा आउँछौं, पैसा तयार गर्नू’ भन्दै उनीहरू गएका थिए । उनीहरुले सञ्चालकलाई प्रहरीमा खबर गरे बाँकी नराख्ने धम्कीसमेत दिएका थिए । 
“उनीहरू गएलगतै रेमिट सञ्चालकले प्रहरीलाई खबर गरे । उनले प्रहरीमा खबर गरेको कुरा लुटेराले पत्तो पाएछन्,” अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, “भोलिपल्ट सञ्चालकको घरको बरन्डामा ‘प्रहरीलाई खबर गरेकोमा तीन लाख थप भन्दै ५ लाख तयार पार्न’ भन्दै पत्र लेखेर छाडेको भेटियो ।” 
खनालका अनुसार नेपाली मूलका क्यानेडियन गुरुङले प्रहरीबाट कसरी बच्ने भन्नेबारेमा पुस्तकहरू खोजेर पढ्दारहेछन् । गुरुङले मानिसलाई तर्साउन तथा लुटपाट गर्न जाँदा ढोकामा हातको छाप नबसोस् भनेर हातमा पञ्जा तथा मुखमा नकाब लगाउने गरेको प्रहरीले बताएको छ । 
पक्राउ परेका गुरुङले अन्तर्राष्ट्रिय अपराधीको शैली अपनाएको भेटिएको छ । “गुरुङले मेहनत गरी एक समूह बनाएका छन् । उनको समूहको अपराध गर्ने शैली नयाँ छ,” एसएसपी खनालले भने । मनि एक्सचेन्ज, मझौला बैंक, सहकारी तथा रेमिटलाई गुरुङको समूहले निसाना बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
उनीहरू नकाब लगाएर कुनै स्थानमा लुटपाट गर्न जान्छन् । उनीहरुको हातमा नक्कली पेस्तोल हुन्छ । लुटपाट गर्दा उनीहरु धेरै बोल्दैनन् । उनीहरुको आफ्नै कोड भाषा हुन्छ । फोनमा धेरै बोल्दैनन् । एक ठाउँमा लुटेपछि केही समय त्यो क्षेत्रमा देखा पर्दैनन् ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC