site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले मन्त्री भएकोमा बधाइ तथा शुभकामना दिन आउनेले आफूसँगै फलानो ठाउँमा सरुवा गरिदिनुपर्यो भनेर चिट बोकेर आउने गरेको बताए ।काठमाडौंमा बिहीबार स्वास्थ्य खबर पत्रिकाको छैठौँ स्वाथ्य अवार्ड वितरणमा उनले संघीय संरचनाअनुसार चिकित्सा क्षेत्र विस्तार गर्नुपर्ने उल्लेख गर्दै स्वाथ्य क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे ।
आफू बसेको ठाउँलाई व्यवस्थापन गर्न सके सरुवाको लागि धाउनु पर्दैन– उनको आसय थियो । सबैले आफ्नो उत्तरदायित्व निर्वाह गर्ने र स्वास्थ्य सुधारको योजना बनाउने हो भने चिकित्सा क्षेत्रको समय–सापेक्ष विकास हुने उनको तर्क थियो ।  संघीयता राज्यको पुनर्र्संरचनासँगै चिकित्सा क्षेत्रको सुधारको पनि अवसर भएको उनले बताए ।  कार्यक्रममा उत्कृष्ट परिचारिका तेह्रथुमकी सिर्जना श्रेष्ठ, उत्कृष्ट स्वास्थ्यकर्मी हुम्लाका खडानन्द न्यौपाने, उत्कृष्ट जनस्वास्थ्यकर्मी जिल्ला अस्पताल सिन्धुपाल्चोककी मंगला मानन्धर, उत्कृष्ट अस्पताल अछाम जिल्ला अस्पताल उत्कृष्ट सामाजिक संस्था रोटरी क्लब र उत्कृष्ट चिकित्सक सुदूरपश्चिमका हेमचन्द्र झा घोषित भएका थिए । 
उनीहरूलाई मन्त्री थापाले सम्मान गरेका थिए ।
 
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३  २०:४६
प्रतिक्रिया दिनुहोस्