site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भूकम्पपीडितलाई भाकपा (मा)बाट रु आठ करोड बढी सहयोग
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालका भूकम्पपीडितलाई राहत दिनका लागि भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीले रु आठ करोड ४५ लाख रकम सहयोग गरेको छ । 
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग बिहीबार भएको भेटमा सो पार्टीका महासचिव सीताराम यचुरीले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । नेपाली जनताको पीडामा भाकपा (मा)का तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति प्रधानमन्त्रीले आभार प्रकट गरेका थिए । भेटका अवसरमा प्रधानमन्त्री दाहाल र महासचिव यचुरीबीच दुई देश र दुई पार्टीको सम्बन्धका बारेमा समेत कुराकानी भएको थियो । 
यस्तै प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रिय कांग्रेसका महासचिव डिपी त्रिपाठीबीच पनि आजै भेटवार्ता भएको छ । सो अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन भएपछि सरकारले सुरु गरेका काम कारबाही एवम् आपसी हित र चासोका बारेमा समेत कुराकानी भएको थियो । रासस 
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३  १७:५५
प्रतिक्रिया दिनुहोस्