site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
सिन्धुपाल्चोक । गत साल बैशाख १२ गतेको शक्तिशाली भूकम्पबाट क्षति पुगेको सिन्धुपाल्चोक  सदरमुकामस्थित चौतारा नगरपालिकाको बजार क्षेत्रमा सडकमा सोलार बत्ति जडान गरिएको छ । रातको समयमा सडकमा हिँड्ने यात्रुहरुलाई सहज होस् भनेर नगर क्षत्रमा सोलार बत्ति जडान गरिएको हो ।
टँुडिखेलदेखि मेलचौरसम्मको ५ किलोमिटर नगर क्षेत्रका सडकमा १५ वटा सोलार बत्ति जडान गरिएको छ । जसका कारण बिजुली बत्ति नहुँदा पनि अचेल बाटो रातमा पनि झिलिमिली हुने गरेको छ ।
बैकल्पिक उर्जा प्रर्बधन केन्द्र र चौतारा नगरपालिकाको झण्डै १५ लाख रुपैयाँको लागतमा सोलार बत्ति जडान गरिएको नगरपालिकाको इन्जिनियर बद्रिनारायण भूजेलले जानकारी दिए ।
यसका साथै टुँडिखेलदेखि चौतारा बसपार्कसम्मको २ किलोमिटर नगर क्षत्रमा सिसिटिभी राख्ने योजना अनुसार हाल १० वटा जडान गरिएको छ । जिल्ला विकास समिति, चौतारा नगरपालिका, उद्योग वाणिज्य संघ र बिभिन्न सरकारी तथा गरसरकारी संघ–संस्थाको आर्थिक सहयोगमा सिसिटिभी जडान गरिएको हो ।
सिसिटिभी जडान गरेपछि दुर्घटना र चोरीका घटनाहरु पत्ता लगाउन सहयोग पुगेको र यस्ता अपराधिक घटनामा कमि आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र केसीले बताए ।  
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC